रञ्जन सागर स्मृति कप फुटवलको फाइनल खेल भोलि
लक्ष्मण पोखरेल,२६ गते बुटवल । रञ्जन सागर स्मृति कप नक आउट फुटवल प्रतियोगिताको फाइनल खेल भोलि हुदैछ । फिफा टेक्निकल सेन्टरमा भोलि हुने फाइनल खेलमा न्यू सिर्जना युवा क्लव करौजिया र गोर्खा व्यवाइज बुटवल उपाधिका लागि आमने सामने हुदैछन् ।
दुबै टिममा जिल्लाका अनुभवि खेलाडीको सहभागिता रहेकाले खेल रोचक हुने अनुमान गरिएको छ । यसअघि न्यू सिर्जनाले सेमिफाइनलमा लिस्नु युवा क्लवलाई ५–३ ले हराउदै फाइनलमा प्रबेश गरेको हो भने गोर्खा व्यवाइजले फाइनल प्रबेश गर्ने क्रममा एन्फा एकेडेमी बुटवललाई टाइब्रेकरमा ३–२ ले हराएको थियो ।
प्रतियोगिताको विजेताले २० हजार तथा उपबिजेताले १० हजार नगदसहित शिल्ड तथा प्रमाण पत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्ताले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने एन्फाका घनश्याम श्रेष्ठले जानकारी दिए । गत १२ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।
यसैबीच फिफा टेक्निकल सेन्टरमा आज सम्पन्न महिला फुटवल प्रतियोगितामा बुटवलको सुनौलो संगम युवा क्लव बिजयी भएको छ । एन्फा एकेडेमीको महिला फुटवल टिमलाई ३–१ ले हराउदै सुनौलो विजयी भएको हो । जितसंगै सुनौलोले ४ हजार र एन्फाले २ हजार नगद हात पारेका छन् ।
उता, रुपन्देहीको रुद्रपूरमा जारी रवि किरण कपमा एन्फा एकेडेमीले कञ्चन युवा क्लव गजेडीलाई ३–२ ले हराउदै प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । निर्धारित समय २÷२ को बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा बिमल जिएमले एन्फाका लागि निर्णायक गोल गरेका थिए । प्रतियोगिताको फाइनलमा पर्सि आरकेएफसी बुटवल र भिजन महिनी फुटवल क्लव बुटवल उपाधिका लागि भिड्नेछन् ।