प्लाष्टिकको मालाले वजार सजिए, खोई त मखमली, सयपत्री र गुद्र्यौली फुल
अशोक गौतम - प्लाष्टिकको मालाले वजार सजिए, खोई त मखमली, सयपत्री र गुद्र्यौली फुलतिहारमा मखमली, सयपत्री र गुद्र्योली फुलले बजार ढपक्कै ढाकिने बेला भारतीय प्लाष्टिकको मालाले बजार सजिएको छ बुटवल , भैरहवा , कपिलबस्तु , नवलपरासी, गुल्मीको सदरमुकाम तमघास पाल्पाको तानसेन, रामपुर, आर्यभञ्याङ्ग, गोठादी, अर्घाखाँचीको सन्धीखर्क, प्यूठानको खलंगा, वाग्लुङ्ग लगायत वजार र ग्रामिण क्षेत्रका व्यापारिक केन्द्रहरुमा तिहारमा दिदीभाईले लगाउने मखमली नभै रगीबिरङ्गी प्लाष्टिकका फुल पसल अगाडी आर्कषक रुपमा झुण्याइएको छ ।
मखमली, सयपत्री र गुद्र्योली लगायतका फुलको व्यबसायिक खेती नगरिने र यसको खेती गरेर पनि बेच्ने चलन नहँुदा भारतीय प्लाष्टिकको मालाले बजार पाएको हुन सक्ने व्यापारीहरुको भनाई छ । भारतीय यस्ता मालाको पछिल्ला केही बर्ष यता लाखौको बिक्री भएको छ । गाउँ गाउँमा राम्रै गरी सयपत्री र मखमली फुले पनि पछिल्लो समय हेर्दा लोभ लाग्ने खालका प्लाष्टिकका माला बजारमा देखेपछि दिदीबहिनी पनि बजारिया फुल र प्लाष्टिकको माला प्रति आर्कषित भएका छन् ।
तिहार पर्बमा बिशेष गरी दाजुभाईलाई लगाइदिने ढाका टोपीको चलन पनि कम हुँदै गएको छ । तिहारका लागि आबश्यक टोपी, रुमाल, माला, सप्तरङ्गी टिका, ओख्खर, नयाँ कपडा र अन्य सामाग्री समेत पाइने हुनाले केही दिन यता बजारमा सर्वसाधारणको आगमन बढेको छ भने व्यापारमा समेत बृद्धि भएको छ ।