उखुको मुल्य नै नतोकी नवलपरासीमा एक चिनी मिल संचालनमा
वृजराज कुशवाहा ,कार्तिक २६ -उखुको मुल्य नै नतोकी नवलपरासीमा एक चिनी मिल संचालनमा आएको छ । उखुको मुल्य नतोकिएका कारण अन्यौलमा परेका किसानहरु उखु काटन नमानेपछि संचालनमा ल्याईएको ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज गंगापुर उखु अभावको मारमा परेको छ ।विगत ३ दिनदेखि उखु संकलनका लागि खुल्ला गरिएको चिनी मिल उखु नपाएपछि क्रसिंग मेशिन चल्न पाएको छैन । नवलपरासीमा रहेको ठुला ४ चिनी उद्योगमध्ये यो चिनी मिल सबभन्दा पहिले संचालनमा ल्याउन खोजिएको हो । यस मिलले गतवर्षपनि सबभन्दा पहिला संचालन गरेर बिना दरभाउ खरिद गरेको उखुको उचित मूल्य नदिएका कारण किसान यसवर्ष सजग भएका हुन् । किसानले मुल्य नतोकिएसम्म उखु नकाटने अडान लिएपछि ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज गंगापुर समस्यामा परेको उखु उत्पादक कृषक समिति नवलपरासीले जनाएको छ ।

