लुम्बिनी भ्रमण वर्ष-२०१२ आजदेखि विधिवत सुरुआत
काठमाडौँ,३० पुस। लुम्बिनी भ्रमण वर्ष-२०१२ शनिबारदेखि विधिवत सुरू भएको छ । ‘विश्व शान्तिका लागि लुम्बिनी भ्रमण’ भन्ने नाराका साथ हुने भ्रमण वर्षको बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित एक विशेष समारोहबीच अपराहृन राष्ट्रपति डा. रामवण यादवले औपचारिक उदघाटन गर्नुभयो । गौतम बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने तथा विश्वभरका बौद्धमार्गीको पवित्र स्थलका रुपमा स्थापित गराउने उद्येस्यले सरकारले सन् २०१२ लाई राष्ट्रिय अभियानका साथ लुम्बिनी भ्रमण वर्षको घोषणा गरेका थियो ।
भ्रमण वर्षको उदघाटन कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र बिष्टमगर, संस्कृतिमन्त्री गोपाल किराँती र भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीका साथै ठूलो संख्यामा बौद्ध भिक्षुहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रमबाटै नेपाल भ्रमण वर्ष-२०११ को अन्त्य तथा आड वर्षे टुरिज्म भिजन-२०२० को पनि घोषणा गरिएको छ ।
स्रोत :ओनलाइन खबर