एमाले रुपन्देही जिल्ला अधिवेशनको तयारी तिव्र
भैरहवा,कार्तिक २६-नेकपा एमाले रुपन्देही जिल्ला कमिटीको ७ औ जिल्ला अधिवेशनको तयारी तिव्र गतिमा भइरहेको छ ।
अधिवेसन आगमी मंसिर १५ गते देखि भैरहवाको गणतान्त्रिक सभागृहमा सम्पन्न हुनेभएकोछ । अधिवेशनलाई सफलतापुर्वक सम्पन्न गर्न सिद्धार्थनगर नगर कमिटी सक्रियतापूर्वक लागेको नगर कमिटीका उपाध्यक्ष तथा अधिवेशन आयोजक समितीका सदस्य रामबहादुर श्रेष्ठले जनाए ।
अधिवेशन नजिकिदै जादा नगरभित्रका प्रत्येक वडा कमिटीमा अधिवेशनकोलागी जनपरिचालन कमिटी गठन गर्ने कार्य भइरहेको छ । यस अघि नगरकमिटीको यसै हप्ता बसेको बैठकले नगर अध्यक्ष उमा काफ्लेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय अधिवेसन जनपरिचालना समिती गठन गरिसकेकोछ । अधिवेशनमा सहभागिताकालागी जिल्लाभरी एकैदिन आगमी मंसिर ९ गते प्रतिनीधि छनोट मिती तोकिएकोछ ।अधिवेशनलाई सम्बोधन गर्न एमालेका केन्द्रिय अध्यक्ष झलनाथ खनाल सहितका पदाधिकारी आउने जानकारी उपाध्यक्ष श्रेष्ठले दिए । अधिवेसन ऐतिहासीक हुने भएको हुदा सबैलाई उपस्थित हुन एमाले नगर कमिटीले आहान गरेको छ ।