सरसफाईको लागी अभियान
भैरहवा २६ कार्तिक-पक्लिहवा नगरीलाई सफा, सुन्दर तथा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने उद्धेश्य सहित शनिवारदेखी अभियान शुरु भएकोछ । पक्लिहवा कृर्षी क्याम्पसको संयोजकत्वमा भएको सो अभियानमा यस क्षेत्रका आमा समुह, उद्योगी , व्यवसायी, प्रसासक, विद्यालय, क्लब, सुरक्षाकर्मी तथा गाउसमाज र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
अभियान अन्र्तगत शनिवार नयागाऊ,रानीगाऊ,दुर्गामन्दिरदेखी छोटी भन्सार, झण्डीबजार, तथा त्यस वरपर सरसफाइ कार्यक्रम सम्पन्न भएको अभियानका संयोजक चन्द्र पुरीले जनाए । कार्यक्रममा क्याम्पसका निमित्त प्रमुख हिमाल तिमिल्सीना, सीमा प्रहरीबलका लोक बहादुर के सी, लालीगुरास क्लबका अध्यक्ष,माछापुच्छ्रे क्लब, आमा समुह लगायतको उपस्थितीमा सरसफाइ अभियान शुरु भएको अभियानका सहसंयोजक मिलन भटटाराईले बताए । अभियान अन्र्तगत वातवरणीय प्रदुषण कम गर्ने वृक्षारोपण गर्ने, वृहत अन्र्तक्रिया गर्ने तथा विभिन्न उपसमुह बनाएर लाग्ने वृहत योजना सहित अभियान शुरु गरिएको सदस्य शम्सेर बस्नेतले जनाएकाछन् । बस्नेतले तिहार लगत्तै योजना मुताविक कार्यक्रमलाई तिब्रता दिने पनि बताए । अभियानको उद्घाठन सत्रको सरसफाई कायृक्रममा झण्डै ५०० जना समाजका प्रतिष्ठित व्यक्तित्व तथा विभिन्न निकाय एवं संघसंस्थाको बाक्लो उपस्थिती रहेको थियो ।