तिहारमा भाडाकुडाको ब्यापारमा भारी बृद्धि
कपिलवस्तु, २६ कार्तिक-तिहारको आगमन संगै कपिलवस्तुका बजारहरुमा भाडाको कारोवारमा भारी बृद्धि भएको छ । अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार ह्वात्तै बढेको हो ।
अरु समयमा फाटफुट मात्र ब्यापार हुने कपिलवस्तुको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लागायतका बजारहरुमा भाडाहरुको पसलमा निकै भीडभाड बढेको देखिन्छ । खासगरी जिल्लामा तिहारको धनतेशका दिन भाडाकुडा खरिद गर्ने चलन भएकाले यस्को ब्यापारमा बृद्धि भएको उद्योग बाणिज्य संघ तौलिहवाले जनाएको छ ।
तौलिहवाका भाडा ब्यापारी राम चन्द्र गुप्ताले तिहारमा १० लाख बढीको भाडाकुडा बिक्री हुने बताए । अरु समयमा खासै बिक्री नभए पनि तिहारमा यस्को कारोवार बढी हुने गरेको उनको भनाई छ । बर्षभरीको खर्च तिहार बाटै निस्कने गरेको उनी बताउछन् । उनी मात्रै होइने तिहारको समयमा अन्य ब्यापारीले पनि लाखौको भाडाकुडा बिक्री गर्ने गरेको छन् अहिले ।
खासगरी यहाँ स्टिल, कास, तामा, फलामका भाडाकुडाहरु बिक्री हुने गरेका छन् ।