|

२५ हजार कण्डम बितरण

कपिलवस्तु, १८ कार्तिक - “ दोहोरो सुरक्षाका लागि कण्डमको पहुँच बढाऔ ” भन्ने नाराका साथ कपिलवस्तुमा १८ औ राष्ट्रिय कण्डम दिवस बिबिध कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा शनिवार कपिलवस्तुको तौलिहवा हाट बजारमा २५ हजार कण्डम, सचेतनामुलक ब्रोसर, पम्प्लेट बितरण गरिएको थियो ।

सो अवसरमा एच आई भि एड्सका क्षेत्रमा क्रियाशील १३ संघ संस्थालाई प्रमाण पत्र  बितरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले कण्डमको प्रयोगबाट यौन रोग तथा एच  आईभी एडसबाट बच्न सकिने भएकाले यसको पहुच बढाउनु पर्ने बताए । उनले सबैको साझा प्रयास र प्रचार प्रसारले कण्डम सही प्रयोग र पहुच बढन सक्ने जिकिर गरे । कार्यक्रममा कण्डमको प्रयोग, उपयोग, प्रयोग गर्ने बिधि बारे स्वास्थ्य कार्यालयका परिवार नियोजन सहायक श्री प्रसाद श्रेष्ठले चर्चा गरिएको थियो ।

सो अवसरमा बोल्दै तौहिलवा अस्पतालका प्रमुख डाक्टर अनन्त शर्माले जिल्लामा हालसम्म पाच सय चार जना एच आई भि सक्रमति फेला परेको भन्दै यौन रोग तथा एड्स लगायतका रोगबाट बच्न तथा सुरक्षित हुन कण्डमको प्रयोग उपयुक्त हुने बताए । दिवसकै अवसरमा जिल्ला एड्स समन्वय समितिले कण्डम फुलाई फुटाउने प्रतियोगिता गरेको थियो । १३ जना सहभागी भएको सो प्रतियोगीतमा प्रथम भएका पर्सोहिया गाबिसका बृजेश पाण्डेयलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम स्थानीय बिकास अधिकारी रामप्रसाद पाण्डेयको अध्यक्षतमा भएको थियो । 

Posted by Butwalonline on 7:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२५ हजार कण्डम बितरण"

Leave a reply