कपिलवस्तुमा स्वतन्त्र पत्रकारको शाखा गठन
पोखरा, १९ कात्तिक। स्वतन्त्र पत्रकार सङ्घ नेपालको शाखा कपिलवस्तुमा पनि गठन गरिएको छ। शनिबार तौलिहवामा आयोजित भेलाले तुल्सी पौडेलको अध्यक्षतामा नयाा कार्यसमिति गठन गरेको हो। सङ्घको उपाध्यक्षमा राजकुमार थारु, सचिवमा कोपिला पोख्रेल, कोषाध्यक्ष सोनकली थारु र सदस्यमा शान्ता खनाल, तपेश्वरी यादव, झुविन भण्डारी र सीता तिवारीलाई चयन गरेको हो। सङ्घको केन्द्रीय पार्षद्मा अनिलकुमार तिवारी, नन्दराम पौडेल र पवित्रा शाही तथा सल्लाहकारमा वनारसी वर्मा रहेका छन्।
केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको भेलाको उद्घाटन रेडियो तिलौराकोटका अध्यक्ष अनिल कुमार तिवारीले गरेका थिए। सो अवसरमा बुद्ध आवाज साप्ताहिकका सम्पादक नन्दराम पौडेल, स्वतन्त्र पत्रकार सङ्घ रुपन्देहीका उपाध्यक्ष गोविन्द बस्नेत, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष वनारसी वर्मा, स्वतन्त्र पत्रकार सङ्घका सदस्य सूर्यराज बराल, ओरीराम चौरासियालगायतले शुभकामना मन्तव्य व्यक्त थिए। कपिलवस्तु स्वतन्त्र पत्रकार सङ्घको आठौं शाखा हो।