पिस गु्रपद्धारा मणिग्राम पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट्र संचालन गर्ने
बिनोद परियार ,रुपन्देही,६ मंसिर । पिस गु्रपद्धारा रुपन्देहीको आनन्दवन गाविसमा सुविधासम्पन्न मणिग्राम पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट्र संचालन गर्ने भएको छ । बुटवल र भैरहवा शहरको मध्यभागमा स्थापित रेष्टुरेन्ट्रले सर्वसुलभरुपमा सेवा दिने संचालकहरुको दावी छ । पिस गु्रपले बुधबार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि मंसिर ८ गते सोमबार शुभारम्भ गरिने जनाएको छ ।
रेष्टुरेन्टमा स्वस्थ परिकारका साथै कार्यक्रम संचालनका लागि सेमिनार,गोष्ठि र अन्य कार्यक्रम गर्नका लागि छुटाछुट्टै हलको ब्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार हजार जना अटाउने रेसुङगा हल,३ सय जना क्षमताको देउराली र २ सय जना क्षमताको सेमिनार र गोष्ठिका लागि श्रीनगर हल बनाईएको छ । पत्रकार सम्मेलनमा बोल्दै संचालक युवराज पाठककले बुटवल भैरहवाको कोलाहल वातावरणबाट शान्त र ठाउमा प्यालेस रहेकाले सबैको लागि उपयुक्त रहेको दावी गर्नुभयो
उहाले ब्यवसाय संगै आफुहरुले प्यालेसलाई सामाजिक बनाउन पिस सोसीयल वेलफियर फण्डको अवधारणा अघि सारेको जानकारी दिनुभयो ।
रेष्टुरेन्टबाट सेवा लिने ग्राहकको प्रत्येक बिलबाट एक रुपैया र हल प्रयोग गरेवापतको प्रत्येक विलबाट एक सय रुपैयाँ कटाएर फण्डको ब्यवस्था गरिएको उहाको भनाई थियो । करिब एक करोडको लगानीमा संचालन गर्न लागिएको रेष्टरेन्टमा करिब ३० जनाले रोजगारी पाएका छन् । युवराज पाठक,गिरीसमणि आचार्य दिक्षित,तागत दिक्षित, र अविशेषक श्रेष्ठले सुंयुक्त रुपमा प्यालेस संचालन गर्नुभएको हो ।