अटो भिलेज ब्यवस्थित बनाउन सबैको सहयोग जरुरी
बिनोद परियार ,रुपन्देही,६ मंसिर । बुटवल अटो ईन्जिनियरिङ्ग एसोसिएशनले मैनाबगरमा रहेको अटो भिलेजलाई थप ब्यवस्थित बनाउन सबैसंग आग्रह गरेको छ । एसोसिएशनद्धारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ज्योती भण्डारीले सबैसंग यस्तो आग्रह गर्नुभएको हो ।
नमूना भनिएको अटोभिलेजलाई सबैको सहयोग भएमा मात्र ब्यवस्थित हुने उहाको भनाई छ । अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा एडिबिको करिब २२ करोडको प्रोजेक्टमा सम्झौता भएको भन्दै त्यसको सहि सदुपयोगका लागि सबैक्षेत्रबाट नियमन हुनुपर्नेमा जोड दिनुभयो
एडिबिसंगको सम्झौताले अटो ब्यवसायिलाई ब्यवस्थित बनाउन सहयोग पुर्याउने बताउदै अध्यक्ष भण्डारीले यसलाई सहि रुपमा संचालन गर्न सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।
एसोसिएशनको १७ औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा थुप्रै कामहरु भएको दावी गर्नुभएको छ । भिलेजको कल्याणकारी भवनमा सचिवालयको स्थापना,भत्किएका सडकको मर्मत, एडिबिको प्राजेक्टका बिषयमा नगरपालिकासंग सम्झौता,भिलेजमा देखिएको स्वामित्वका बिषयको समस्या समाधान जस्ता कामहरु भएको उनले जानकारी दिनुभयो
भिलेजमा केहि कमजोरी भएको बताउदै होटल ब्यवसयिहरुलाई अटो ब्यवसाय नै संचालन गर्न निर्देशन दिएको र नविकरण नगर्ने ब्यवसायिलाई समेत सचेत बनाईएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
बुटवल ४ मैनाबगरमा स्थित अटोभिलेज ब्यवसायिहरुको संस्था एसोसिएशनको मंसिर ८ गते साधारणसभा एंव अधिबेशन हुदैछ । कार्यक्रममा पूर्वमन्त्रि एंव काग्रेस नेता बालकृष्ण खाण पं्रमुख अतिथिको रुपमा आउने बताईएको छ ।