|

द्वन्द्वमा ज्यान गुमाएका परिवारहरु हातखुम जोर्न बंगुरपालन

किरण मान बज्राचार्य ,बुटवल ,कार्तिक २८ - कपिलवस्तु सा“झ बिहानको चुलोचौको गर्न गाह्ँे हुन थालेपछि माओबादी जनयुद्धका बेला ज्यान गुमाएका शिवगढी गाविसका आश्रित परिवारहरु यतिखेर बंगुर पालन गरी आयआर्जन गरिरहेका छन् ।

सिप जा“गर भएका छोरा छोरी र श्रीमानले १० वर्षे माओवादी युद्धमा ज्यान गुमाएपछि उनीहरु अहिले घर गर्जो टार्नका लागि बंगुर, बाख्रा र कुखुरापालन गरी आयआर्जन गर्न जुटेका छन् । यसरी ज्यान गुमाएका परिवारहरुको सरकार तथा आफ्नै पार्टी एमाओबादीले समेत चासो दिन छाडेपछि उनीहरुले जीवनयापनका लागि आयआर्जनको माध्यम खोजी गरेका हुन ।

क्षेत्रीय स्तरका नेता रहेका श्रीमान दिलकुमार रोकाको माओवादी जनयुद्धका क्रममा मृत्यु भएपछि दुई छोराको स्कुल खर्च धान्न आफुले बङ्गुर र बाख्रापालन गरेको शिवगढी ४ बनियाबारकी दिल कुमारी रोका बताउ“छिन् ।

“श्रीमानको मृत्युपछि हातमुख जोर्न गाह्रो भयो, राहत पाउने आशामा कैंयौ निक्कै गाहैं भयो तर कतैवाट राहत पाइएन, रोकाले भनिन–अहिले आफ्नै मिहिनेतले बङगुर र बाख्रा पालन गरेर केटाकेटीको स्कुल खर्च र हातमुख जोर्न सकेकी छु ।   यसैगरि द्वन्द्वका क्रममा सेनाको गोली लागि मारिएकी रमा घर्तीका बाबु जोगबहादुर रोकाको पनि जीविकोपार्जनको माध्यम यही पेशा नै भएको छ । उनले प्रजननका लागि बङ्गुरको पाठो लगाएर मात्र यस बर्ष एक लाख रुपैया आम्दानी गर्न सफल भएको बताए । राहतको प्रतिक्षामा दिन बिताउनु भन्दा बरु आफैले केहि गर्नुप¥यो भनि ऋण काढेर किनेको एउटा बङ्गुर अहिले आफूलाई हातमुख जोर्ने बाटो बनेको उनको भनाई छ ।

उता शिवगढीकै पनिराम रोकाले पनि द्वन्द्वका बेला आफ्ना परिवारका ३ सदस्य गुमाएपछि राहतको पर्खाइमा वर्षौं वितेको वताए तर उनले केही राहत पाउन नसकेपछि घर खर्च चलाउन आयआर्जनको माध्यम बङ्गुरपालन व्यवसायलाई वनाएको वताए । घर खर्च चलाउन बङ्गुर पालेका उनले अहिले बार्षिक डेढ लाखसम्म सजिलै आम्दानी गर्ने गरेको वताउ“छन् ।

‘पालेको पाठीले बर्षको ३ पटकसम्म बच्चा जन्माउ“छ उनले भने बङ्गृरले एक बेतमा १० देखि १३ वटा सम्म पाठापाठी जन्माउ“छ, एउटा बच्चाको मूल्य २ देखि ३ हजारसम्म पर्छ, त्यहि पैसाले अहिले घर खर्च मात्र होइन काठमाडौमा एउटा छोरा लाई डिग्री पढाउन सकेको छु ।

उनी भन्छन “आफुसंग आ“ट छ भने शहिद परिवार भनेर राहत पर्खनु पर्दैन” । उनका अनुसार अहिले गाउ“का आश्रित परिवारले बङ्गुर पालन नै गरेका छन् जसवाट उनीहरुको आर्थिक स्तर नै उकासिएको छ । आश्रित परिवारले पालेका बङ्गुर, बाख्रा र कुखुरा खरिद गर्न चन्द्रौटा, गोरुसिङ्गे, बुटवल तथा दाङ्का व्यापारीहरु आउने गरेको उनीहरुले वताए ।

एउटा ५० केजी बरारबरको बङ्गुरबाट १२ हजारसम्म आम्दानी हुने उनीहरुको भनाई छ ।

अहिले स्थानिय बजारमा यसको एक केजी मासुको मुल्य २ सयसम्म पर्ने गर्दछ ।   राज्यपक्ष तथा माओवादी पक्ष दुवैबाट वेवास्ता गरिएका शिवगढी गाविसका आश्रित परिवारलाई बङ्गुर, बाख्रा र कुखुरापालन यतिखेर बरदान नै साबित भएको छ । राहतको पर्खाइमा बसेका उनीहरुलाई हातमुख जोर्न यही पेशाले सहारा दिएको छ । उक्त गाविसमा राज्यपक्षवाट द्वन्द्वकालीन समयमा १४ माओवादी नेता कार्यकर्ताले ज्यान गुमाएका थिए ।

Posted by Butwalonline on 9:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "द्वन्द्वमा ज्यान गुमाएका परिवारहरु हातखुम जोर्न बंगुरपालन"

Leave a reply