|

बुटवलमा सुरु भयो द्येउसी भैलो

बिनोद परियार,बुटवल ,कार्तिक २८ -  तिहारको छु्टटै प्रस्तुती  द्येउसी भैलो खेल्न सुरु भएको छ । विभिन्न संघसंगठन, राजनीतिक दल निकट सास्कृतिक समुह, प्रतिष्ठान, पेशागत समूहहरु समूह बनाएर भैलो खेल्नेक्रम शुरु भएको हो । रुपन्देहीका बुटवल भैरहवा सहित देशभर भैलौ खेल्नेक्रम शुरु भएको हो ।

देउसी माग्दै हिड्ने समूहलाई धान, चामल, पैसा, रोटी, फलफूल र गच्छे अनुसारको दक्षिणा दिने गरिन्छ । बुटवलमा प्रमुख राजनीतिक दलका भातृ सङगठनहरु, व्यवसायी, संस्कृतिकर्मीहरु, कलाकार र सर्वसाधारण समूह बनाएर आजदेखि देउसी खेल्न शुरु गरेका हुा ।  पछिल्लो समयमा देउसीभैलोमा उठेको रकम पिकनिकमा खर्च गर्ने नभएर सामाजिक काम, विकास निर्माण र मनोरञ्जनमा समेत उपयोग हुने गरेको पाइएको छ ।  यसैगरि भैलोको नाममा केही सङघ सङगठन, क्लवहरुले परम्पराभन्दा भिन्न छाडा गितसंगित पस्केर विकृत बनाउनुका साथै धामिर्क परम्पराको खिल्ली नै उडाउने गरेको गुनासो पनि बढ्दै गएको छ । बुटवलमा अघिल्ला बर्षमा जस्तै परिवर्तनको सन्देश लिएर गर्दै आएको रक्तिम सास्कृतिक परिवार, युवा संघले देउसी भैलो सञ्चालन गरेको जनाईएको छ ।

Posted by Butwalonline on 9:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा सुरु भयो द्येउसी भैलो"

Leave a reply