|

पत्रकार गिरीलाई लक्ष्मीस्मृति एवम् नन्द–कलास्मृति पत्रकारिता सम्मान

बिनोद परियार,बुटवल ,कार्तिक २८ - लक्ष्मी साहित्य समाज नवलपरासी कावासोतीले  १०४ औं लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा पत्रकार विद्रोही गिरीलाई लक्ष्मीस्मृति एवम् नन्द–कलास्मृति पत्रकारिता सम्मान २०६९ वाट सम्मानित गरेको छ  । नवलपरासीको पत्रकारिता विकासमा योगदान  पुऱ्याएको  भन्दै उहाालाई सम्मान गरिएको हो । देवकोटाको जन्मजयन्तीमा  हरेक बर्ष साहित्यक रचना  संगै सष्ट्राहरुलाई सम्मानित गरिदै आएको समाजका अध्यक्ष सदानन्द  अभागीले जानकारी दिनु भयो । यस बर्ष पत्रकारिता तर्फ गिरी सहित   श्रीराम सिग्देल, गोपी ज्ञवालीलाई सम्मान गरिएको छ । भने साहित्यकार तर्फ  प्रेम विनोद नन्दन, डा. कुश्माखर न्यौपाने, भगवती अर्याल पाण्डे, चेतनारायण भुषाल, प्रभाकर पण्डित, श्यामप्रसाद न्यौपाने र लिला राना सम्मानित हुनु भएको छ ।

साहित्य र  पत्रकारिता क्षेत्रमा योगदान दिने  नवलपरासी र चितवनका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।   सोही अबसरमा तीन वटा कृतिको बिमोचन समेत गरिएको छ ।  सदानन्द अभागीको  बालुवाको घर कथा सङ्ग्रह, धनपति कोइरालाको मेरो शहर कतिवा  संङ्ग्रह र दिनेश बस्यालको गजल प्रबाह २०६९ वरिष्ठ साहित्यकार गोबिन्द राज विनोदीले  बिमोचन गर्नुभएको हो ।

Posted by Butwalonline on 9:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार गिरीलाई लक्ष्मीस्मृति एवम् नन्द–कलास्मृति पत्रकारिता सम्मान"

Leave a reply