|

श्रम बिभागको आयोजनामा श्रम सम्बन्धि गोष्ठी सम्पन्न

बुटवल, २७ कात्तिक । श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुटवलमा ट्रेड युनियन शिक्षा र वाल श्रम सम्बन्धि छुट्टा छुट्टै गोष्ठि सम्पन्न भएका छन ।

आईतबारदेखि बुटवल उद्योग वाणिज्य संघको सभाहलमा भएको दुवै गोष्ठिको उद्घाटन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले गर्नु भएको थियो । दुई दिन सम्म चलेको ट्रेड युनियन शिक्षा सम्बन्धि गोष्ठिमा जिल्लामा कृयाशिल बिभिन्न ट्रेडका घटक युनियनहरुका प्रतिनिधि सहभागि भएको थिए । ट्रेड युनियन शिक्षा कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका वरिष्ठ उपसचिव कृष्णप्रसाद दवाडीले सवैका लागि सामाजिक सुरक्षा, श्रम कार्यालय बुटवलका प्रमुख श्याम केसीले जिल्लामा ट्रेड युनियनहरुको अवस्था, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले सामाजिक संवाद तथा सामुहिक सौदाबाजी, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव दिवश आचार्यले औद्योगिक सम्बन्धमा बदलिंदो परिवेश, मन्त्रालयकै ईन्द्रप्रसाद बस्यालले न्यूनतम पारिश्रमिक निर्धारण पद्धती, त्रिभूवन खनालले औद्योगिक बिकास तथा प्रवद्र्धन, नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले ट्रेड युनियनको भूमिका र आवश्यकता जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै गरी सोमबार नै सम्पन्न वालश्रम सचेतना सम्बन्धि छुट्टै भएको कार्यक्रममा वाल श्रमको परिचय र अवस्था मन्त्रालयका सहसचिव दिवस आचार्य, नेपालमा वालश्रम निवाहरण सम्बन्धि भएका प्रयासहरु विषयमा जगदिसचन्द्र सिवाकोटी र स्थानीय स्तरमा वालश्रमको अवस्था र अनुभव विषयमा श्रम कार्यालय बुटवलका प्रमुख श्याम केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वाल श्रम संग सम्बन्धित जिल्लामा कृयाशिल सरोकारवाला निकायका प्रतिनिधहरु सहभागि थिए ।

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "श्रम बिभागको आयोजनामा श्रम सम्बन्धि गोष्ठी सम्पन्न"

Leave a reply