वैंकका कर्मचारीले रकम लुकाएको सेवाग्राहीले आरोप
नवलपरासी २७ कार्तिक,राष्ट्रिय वाणिज्य वैंक परासी शाखाका कर्मचारीले बैकमा जम्मा गर्न दिएको रकम लुकाएको सेवाग्राहीले आरोप लगाएका छन् ।
बैकमा भौचर भरेर दिएको रुपैयाको विटोबाट जम्मा काउन्टरमा वसेका कर्मचारी रामभक्त श्रेष्ठले आठहजार रुपैया ल्ुकाएको आरोप मनकामना सामुदायिक बन कावासोतीका पदाधिकारीले लगाएका छन् । बनसमूहले आइतबार जिल्ला बन पैदावर आपूर्ति समितिको खातामा जम्मा गर्न दिएको सात लाख नब्बेहजार दुईसय पचास रुपैया मध्येवाट कर्मचारी श्रेष्ठले आठहजार रुपैया लुकाई रकम अपूग भएको जनाएको बनका पदाधिकारीले आरोप लगाएका हुन् ।
बैकमा रकम अपूग भएको बताए पछि बन पदाधिकारीहरुले आफुहरुले सवै नोट गनेर डेमो बनाई पेश गरेकोमा कर्मचारी श्रेष्ठले आठहजार रुपैया लुकाएको बताएका छन् । हामीले एक हजार दरका ५ सय आठ वटा नोट वुभाएको ५ वन्डल बाट आठ हजार रुपैया काउन्टरबाटै हराएको बन समूहका सचिव देवी प्रसाद न्यौपानेले वताए । उता बैक कर्मचारी श्रेष्ठल भने आफूलाई वनका पदाधिकारीहरुले झूठो आरोप लगाएको वताएका छन् । बन पदाधिकारीले रुपैया हराएको वारे कुरा राख्दा कतै मिसप्लेस भयो होला बेलुका क्लोजिङमा हिसाव निस्कन्छ र मिलाउला भन्दै राखे पनि वेलुका वैंकले रकम बढी नदेखिएको भन्दै समूहलाई पैसा तिराएको वनका सल्हाकार नेत्रप्रसाद काफ्लेले वताए ।