स्व.लोकदोहोरी गायक लोकबहादुर क्षेत्रीको स्मृतिमा पार्क निर्माण शुरु
नवलपरासी, २३ कार्तिक-नवलपरासीको बर्दघाट स्थित त्रिबेणी चोकमा लोकदोहोरी गायक स्व. लोकबाहादुर क्षेत्री स्मृती प्रतिष्ठान पार्क निर्माणका कार्य शुरु भएको छ । सो स्थानमा स्व. क्षेत्रीको शालिक रहेको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको पहलमा निर्माण शुरु गरिएको उक्त पार्कको निर्माण लागत १५ लाख रुपैयां लाग्ने र आगामी पुस ६ गतेसम्म पार्कको उद्घाटन गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले बताए ।
निर्माणका लागि बिहिबारबाट सरसफाई शुरु गरिएको छ । लोक गायकको शालिक निर्माण गरिएको उक्त स्थान संरक्षणको अभावमा अव्यवस्थित भएपछि निर्माण कार्य थालिएको हो ।सो स्थानमा पार्क निर्माणका लागी लोक दोहरी गीत प्रतिष्ठान नवलपरासीले गत बैशाख ९ गते नवलपरासीको भुमहीमा बृहत सास्कृतीक कार्यक्रम गरेको थियो ।