|

मणिग्राममा सुविधासम्पन्न पार्टी प्यालेस सञ्चालन

बुटवल, मंसिर ८-यस क्षेत्रका पााचजना उद्योगी व्यवसायीको लगानीमा रुपन्देहीको मणीग्राममा सुविधा सम्पन्न पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । डेढ करोड रुपैयााको लगानीमा तीनवटा सुविधा सम्पन्न हलसहित आजदेखि सञ्चालनमा ल्याइउको पार्टी प्यालेसको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष महेन्द्र श्रेष्ठले उदघाटन गर्नुभयो ।

उदघाटन समारोहमा अध्यक्ष श्रेष्ठले पार्टी प्यालेसले यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने बताउादै प्यालेसलाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गर्नुभयो । उहााले प्यालेसभित्र बनाइएका रेसुङ्गा हल, देउराली हल र श्रीनगर हलको नामाकरणले यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा समेत टेवा पुगेको बताउनुभयो । कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपालले पार्टी प्यालेसको स्थापनाले यस क्षेत्रमा होटल व्यवसायमा थप नयाा आयाम थपेको भन्दै स्टार लेभलको होटल स्थापनाका लागि सुझाव दिनुभयो ।

उहााले कुनैपनि व्यवसाय सञ्चालन गर्नु महत्वपूर्ण नहुने तर त्यसलाई व्यवस्थित र मर्यादित बनाउादै ग्राहकहरुको चाहना लाई परिपुर्ती गर्न सकियो भने मात्र लक्ष्य पुरा हुने धारणा राख्नुभयो । पिस ग्रुपद्वारा सञ्चालन गरिएको पार्टी प्यालेसमा १ हजार अटाउने रेसुङ्गा हल, ३ सय जना अटाउने देउराली हल र २ सय जना अटाउने श्रीनगर हलका साथै व्यवस्थित पार्किङ र रेष्टुरेन्टको व्यवस्था मिलाइएको छ ।

ग्रुपका अध्यक्ष ग्रिसमणी दीक्षितको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रोमणीप्रसाद पाठक, उद्योगी नारायणप्रसाद रेग्मी, आनन्दवन गाविसका सचिव घनश्याम अर्याल, ग्रुपका सचिव युवराज पाठक, समाजसेवी चेतनारायण भट्टराई लगायतले पार्टी प्यालेस सफलताको कामना गर्नुभएको थियो । पार्टी प्यालेसले रेष्टुरेन्टको बिलको नाफाबाट एक रुपैया र हलको बिलको नाफाबाट एकसयका दरले कोष संकलन गरी त्यस रकमबाट शिक्षा छात्रवृत्ति, नि:शुल्क रोजगारमूलक तालिम, वातावरण संरक्षण, सामाजिक जनचेतना, असहाय सहयोग, व्यावसायिक विकास र सहजीकरण सम्बन्धी तालिममा खर्च गर्ने लक्ष्य अगाडि सारेको छ ।

Posted by Butwalonline on 6:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मणिग्राममा सुविधासम्पन्न पार्टी प्यालेस सञ्चालन"

Leave a reply