|

कागजको मन्दिर तहाजिया विक्रि बाट लाखौ आम्दानी

किरणमान बज्राचार्य,कपिलवस्तु मंसिर ८ - मुस्लिमहरुको तेश्रो महान चाड मुहर्रमका बेला चढाइने तहाजिया ( कागजको मन्दिर)को विक्रि कपिलवस्तुमा निक्कै बढेको छ । हात बाट कागर र बासाको सहायताले मन्दिरको आकारमा बनाइने तहाजिया खरिद गर्न यतिखेर मुस्लिम श्रद्धालुहरुको बजारमा निक्कै भीड देखिन्छ । आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने उक्त चाडमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ । ईस्लामिक नयाा बर्ष हिजरी संबत् शुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ । अहिले  हिजरी संवत् १४३४  शुरु भए संगै यो पर्वले रौनता समेत ल्याएको छ ।

अहिले बजारमा २ मिटर लामो देखि १० मिटर अग्लो सम्म तहाजिया विक्रिमा राखिएको छ । आफुले मागेको भाकल पुगेमा श्रद्धालुहरुले आफ्नो क्षमता अनुसार तहाजिया खरिद गर्ने गरि मुहर्रमका दिन करबला (चिहान ) मा पुजा आजा गरि विर्सजन गरिने धर्मगुरुहरु बताउछन् । बजारम यतिखेर १ सय देखि ५ हजार सम्मका तहाजिया विक्रीमा राखिएको छ ।

तहाजिया विक्रि गर्न बसेका व्यापारी अबुल हसनले यस पल्ट १ लाख बढिको तहाजिया विक्रि गरेको बताए । पछिल्ला बर्षमा ४० हजारको विक्रि मात्र गरेको स्मरण गर्दै उहाले यस पर्वलाई अब हिन्दु धर्मावलम्बीहरुले समेत मनाउने प्रचलन बढेपछि यसको विक्रि झन बढेको बताउछन् । यसका लागि बिगत ३ महिना देखि आफनो नौ जना परिवारले तयारी गरेको उनले बताए ।

कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलमा मात्र आधा दर्जन परिवार तहाजिया बिक्री गर्न ब्यस्त देखिन्छन् । जिल्लामा सो बेच्नेको संख्या थुपै्र रहेको ब्यपारीहरु बताउछन । रंगीविरगी कागजलाई हस्तकलाको माध्यम बाट मन्दिरको आकारमा सजाई बाासको सहायताले तहजीया निर्माण गरि विक्री गर्नेहरुलाई अहिले भ्याइ नभ्याइ छ । उनीहरुले यसका लागि ६ महिना अघि देखि नै लचिलो बाास, पवित्र मानिने डोरीहरु रंगी चंगी काजगको व्यवस्था गरि बनाउन थाल्छन् । पकडी ३ का रउफ मुसलमानले तहाजीया बाट धर्म र पैसा दुबै कमाउने हुदा आफुले हरेक वर्ष यसलाई बनाउने बताउछन् । “कम लगानीमा धेरै नाफा हुन्छ त्यसैले यस सिजनमा मात्र ५० हजार जति कमाउछु” उहाले भन्नुभयो ।

मुहर्रम पर्व बाजा गाजा तथा रंगीचङ्गी हुने हुदा हिन्दु धर्मावलम्बीहरुले समेत यस पर्वलाई अंगाल्दै जादा तहाजियाको कारोबारमा समेत पं्रत्येक वर्ष विक्रि बढ्दै गइरहेको छ । अर्को तिर हिन्दु र मुस्लिम समुदायले मनाउने यो एक मात्र पर्व भएको हुदा यसले धार्मिक सदभाव समेत कायम राख्ने दुबै धर्मगुरुहरुको भनाई छ । अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले मसेत अंगाले पछि उनीहरुले मुीसलमसंगै सामुहकिरुपमा यो पर्व मनाएकोले यस्ले सदभाव कायम गर्न मद्दत पुगेको मुस्लिम अगुवा रउफ मुसलमान बताउछन् । आईतवार मुर्हरम पर्व मनाइदै छ ।

Posted by Butwalonline on 7:17 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कागजको मन्दिर तहाजिया विक्रि बाट लाखौ आम्दानी"

Leave a reply