गरिब तथा जेहेन्दार बालबालिकालाई १५ हजारको छात्रबृत्ति बितरण
लक्ष्मण पोखरेल,बुटवल ,मंसिर ८ - नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सिंचाई मन्त्री बालकृष्ण खांणले लोकतन्त्रको रक्षा र सहमतिको सरकार निर्माणका लागि शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । नैतिकताको कुनै पनि अंश बाकी नरहेको बर्तमान सरकारको बर्हिगमनका लागि जतिसक्दो चांडो शान्तिपूर्ण आन्दोलन जरुरी रहेको उहाको भनाई छ । बुटवल अटो ईन्जिनियरिङ एसोसिएसन बुटवलको १७ औं बार्षिक साधारणसभा तथा ७ औं अधिबेशनको उद्घाटन गर्दै युवा नेता खांणले बाबुराम नेतृत्वको सरकारले राजिनामा दिएर सहमतिको लागि बाटो खोल्नुपर्ने उहाको जोड थियो ।
संबिधानसभाको हत्या गर्ने प्रधानमन्त्री बाबुराम भएको तर्क गर्दै खाणले संबिधानसभाको चुनाबको मिति मात्र तोक्ने र बोलेका काम पूरा नगर्ने बर्तमान सरकार आन्दोलन बाटै ठांउमा आउने उहाको ठम्याई छ । नेपालमा संबिधानसभा अहिले नभएपनि संबिधान सभाले राजतन्त्र फ्याक्जे र माओबादीलाई निशस्त्र बनाउने २ वटा मुख्य काम गरेको उहाको भनाई छ ।
एक अर्काे प्रसंगमा नेता खांणले नेपालका बिभिन्न स्थानमा उपयुक्त अटो भिलेजको अबधारण बनाएर सरकारले बजेट छुट्टाउनुपर्नेमा उहाको जोड छ । समय अनुरुप प्रबिधिको माग बढिरहेको बताउदै उहाले प्रबिधिको मुल्य सस्तिएपनि नागरिकहरु प्रबिधिको उच्चतम सदुपयोग गर्न नसकेको खांणले बताउनुभयो । नेपालमा मध्यमबर्गका लागि पब्लिक यातायातको ब्यबस्था भएमा नागरिकहरुले राहत महशुुस गर्ने उहाको धारणा थियो ।
नेपाल अटो मेकानिकल ब्यबसायि महासंघका केन्द्रिय अध्यक्ष महेश बज्राचार्यले बुटवलको नमुना अटो भिलेजको ब्यबस्थित योजनाका लागि नगरपालिकाले मापदण्ड बनाएर काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।उहाले नगरपालिकाले ब्यबसायिका बिचमा एकरुपता ल्याउन नसकेको उहाको आरोप छ ।
अटो ईन्जिनियरिङ एसोसिएसनका अध्यक्ष ज्योति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जेपाल अटो मेकान्क्सिका अध्यक्ष दिपक खड्का,बुटवल नगरपालिकाका सचिब खिम बहादुर रायमाझि,बुनपाका पुर्व मेयर भोज प्रसाद श्रेष्ठ,पुनाराम पोखरेल,अटो एसोसिएसनका संस्थापक अध्यक्ष खड्ग बहादुर गौतम, राजनीतिक दलका नेताहरु हरि बहादुर आचार्य क्षेत्री,खेलराज पाण्डे,पदम श्रेष्ठ, ब्यबसायिहरु टंक पोखरेल,बोनिन पिया,दिनेश श्रेष्ठ,नन्दराम पौडेल,कुल बहादुर नेपाली,यम प्रसाद भुसाल,कृष्ण पाण्डे लगायतले बोल्दै बुटवलको अटो भिलेजलाई नमुना बनाउन सबैको भूमिका जरुरी रहेको बताएका थिए । सो अबसरमा खानेपानी बोरिङको उद्घाटन,कल्याणकारि भवनको दोश्रो तल्ला उद्घाटन,अटो डायरीको बिमोचन तथा उत्कृष्ट अटो पत्रकारिता पुरस्कारबाट पत्रकार बिश्वास ढकाललाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा ७ जना गरिब तथा जेहेन्दार बालबालिकालाई १५ हजारको छात्रबृत्ति बितरण गरिएको थियो ।कार्यक्रममा अध्यक्ष भण्डारीको प्रतिबेदन पारित गरिएको छ । त्यस्तै अधिबेशनले आजै नया नेतृत्व चयन गर्नेछ ।