|

सरकारी बजेट सदुपयोग भएन

जिल्लाका बिभिन्न सरोकार वालाहरुले सरकारी बजेट सदुपयोग नभएको गुनासो गरेका छन ।  जिल्ला परिषदको पहिलो चरणको कार्यक्रम अन्तरगत आयोजित पुर्व योजना तर्जुमा गोष्टिमा बोल्ने अधिकांश वक्ताले बजेट लक्षित वर्ग सम्म नपुगेको गुनासो गरेका छन । बजेट कार्यान्वयनमा जनताको प्रत्यक्ष सहभागिता नएभएमा त्यो योजना प्रभावकारी नहुने जिकीर गर्दै योजना तर्जुमा सम्बिन्धि निर्देशिका भएपनि तर्जुमा गर्ने ब्यक्तिहरुमा ज्ञानको अभावले यस्तो हुने गरेको कतिपयको ठम्याई रहेको छ ।

कार्यक्रमा बोल्दै स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले व्यक्ति बिशेष, जातजाति भन्दा पनि सामुहिक हितको लागी योजना तर्जुमा र कार्यन्वयन गर्न गाविस सचिव तथा राजनितीक दलहरुलाई आग्रह गर्नु भएको छ। दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले दलितको लागी आउने बजेट बिकास निर्मामाणमा खर्च भएकोमा दुख ब्यक्त गर्दै जनताको प्रत्यक्ष सहभागितामा गाउँ स्तरबाटै योजना तर्जुमा र कार्यान्वयन हुनुपर्ने बताउनुभयो। महिला अधिकारकर्मि बिष्णु सापकोटाले हिउँदमा डोजर लगाउने बर्षामा पानीले बगाउँछ, हिँउदमा फेरी डोजर लगाउँदा बजेट सकिन्छ भन्दै बाटो खन्ने काममा नालीको ब्यवस्था हुनुपर्ने बताउनु भएको छ। आदिवासी जनजाति जिल्ला समन्वय समितिका हिरा सराङकोटिले गाउँका चल्ताफुता र सचिवको मिलेमतोमा मात्र बजेट योजना तर्जुमा गर्न नहुने र परिषद पनि सम्पन्न गर्न नहुने बताउनु भएको छ। कार्यक्रममा सहभागितात्मक जिल्ला बिकाश योजनाका प्रक्रिया, आन्तरिक स्रोतको अवस्था, बजेट सिलिङ, योजना तर्जुमा तथा कार्यान्वयनका बारेमा जानकारी गराइएको थियो। जिल्लाका पार्टी प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमख तथा प्रतिनीधि पत्रकार लगायतको उपस्थिती रहेको थियो।

Posted by Butwalonline on 5:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरकारी बजेट सदुपयोग भएन"

Leave a reply