गुल्मीमा आगलागी हुँदा करिव चार लाख रुपैयाँ वरावरको क्षति
गुल्मी मंसिर ९ -गुल्मीको धुर्कोट रजस्थल गाविस स्थित एक व्याक्तिको घरगोठमा आगलागी भएको छ। धुर्कोट रजस्थल गाविस १ क्रमचाल्ने स्थित भेषवहादुर घर्तिको घर गोठ आगोले पुर्ण नष्ट गरेको छ। गएराति लागेको आगोले घरगोठ पुर्ण रुपमा जल्नुका साथै घर भित्र रहेका सवै अन्न, लत्ताकपडा, कागजपत्र, नगद तथा गर गहना सवै नष्ट हुनुका साथै गोठका घाँसपात सवै जलेको पीडित परिवारको भनाई छ। आगलागीमा परि एउटा भैसी समेत घाईते भएको छ । आगलागीवाट करिव चार लाख रुपैयाँ वरावरको क्षति भएको स्थानीय गाविस सहायक मिनवहादुर घर्तिले जानकारी दिनुभयो ।
