तीन जिल्लामा सुरक्षा सृदृढ : डिआईजी
बिनोद परियार,रुपन्देही ८, मंसिर । प्रहरी नायव महानिरीक्षक रमेश शेखर बज्राचार्यले कपिलबस्तु रुपन्देही र नवलपरासीमा सुरक्षा अवस्था सुदृढ भएको दावी गरेका छन् ।
जिल्ला प्रहरीले तयार पारेको तथ्याङकलाई आधार देखाउदै उनले बिगतको तुलनामा तराईका यी तीन जिल्लामा अपराधिक घटनाहरु घटेको दावि गरेका हुन । हुलदंगा, कुटपिट तथा अन्य अपराधिक घटनाहरु निकै कम भएको पाइएको छ,’ उनले भने ।
पश्चिमाञ्चल क्षेत्रको जिल्ला निरीक्षणमा हिडेका नायब महानिरीक्षक बज्राचार्यले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षा अवस्थालाई मजबुत बनाउन प्रहरीले नयाँ रणनीति ल्याएको समेत बताए ।
शहरीकरण संगै अपराधिक घटनाहरु बढ्दै गइरहेकाले त्यसलाई नियन्त्रण गर्न सोही अनुरुपमा रणनीति लागू गरिएको उनको भनाई थियो ।
डिआईजी बज्राचार्यले मातहतका प्रहरीहरुलाई निर्देशन मात्र पालना नगरेर नागरिकसंग सहकार्य गर्दै आफ्नो सीप प्रयोग गर्न आग्रह गरेको समेत बताए ।
प्रहरीमा आचरण सुधार अभियानलाई कडाईका साथ लागू गरिएको उनको दाबि छ । कुनै गलत क्रियाकलाप भएमा सिधै कारबाही गरिने समेत उनले बताए । नागरीक तथा सञ्चार कर्मीहरुलाई प्रहरीको काममा टिकाटिप्पणी तथा सहयोग गर्न उनले आग्रह गरे ।एक महिना अघि क्षेत्रीय कार्यालयमा आएका नायब महानिरीक्षक बज्राचार्यले पश्चिमाञ्चल क्षेत्रका सबै जिल्लामा पुगेर निरीक्षण गर्ने बताइएको छ । उनी शुक्रबार नै पाल्पा र गुल्मीको निरीक्षणका लागि गएका छन् भने कपिलबस्तु, नवलपरासी, मुस्ताङ, कास्की जिल्लाको निरीक्षण गरिसकेको उनले बताए ।
Posted by Butwalonline
on 12:53 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response