बिबरको ‘बेबी’ले पायो ८० करोड दर्शक (भिडियोसहित)
एजेन्सी,। पपस्टार जस्टिन बिबरको भिडियो ‘बेबी’ यस्तो पहिलो प्रोमो बनेको छ, जुन युट्युब डटकममा ८० करोड पटक हेरिएको छ । डेली एक्सप्रेसको खबरका अनुसार सन् २०१० को फेब्रुवरीमा आएको यस प्रोमो भिडियोले ३३ महिनापछि गएको शुक्रबार रेकर्ड कायम गरेको हो ।यसअघि दक्षिण कोरियाली पपस्टार साईको भिडियो ‘गंगनम स्टाइल’ले युट्युबमा ७६ करोड दर्शक प्राप्त गरेको थियो । बिबरको भिडियोले गंगनम स्टाइललाई पनि उछिनेको छ ।
कोरियाली पपस्टार साईको भिडियो ४ महिनाअघि युट्युबमा आएको थियो । बिबरको ‘बेबी’लाई यस अवधिमा १४ लाख माथी लाइक मिलेको छ भने ८६ लाख कमेन्ट मिलेको छ ।
स्रोत :इमेज च्यानल

