कर्मचारी हटाउने निर्णय बिरुद्ध कठोर आन्दोलनको चेतावनि
कृष्ण आचार्य,सुर्खेत मंसीर ५-त्रिभुबन बिश्वबिद्यालय कार्यकारी परीषदले बिना गल्ती एक बर्ष अघी देखी कार्यरत कर्मचारी हटाउने निर्णय गरेको भन्दै त्रिभुबन बिश्वबिद्यालय कर्मचारी संघ क्याम्पस इकाइ समीती सुर्खेत क्याम्पस शिक्षाले बिरोध गरेको छ । संघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै त्रिबीले आफैले बनाएको नियम आफै कुल्चदै एक बर्ष देखी कार्यरत कर्मचारी हटाउन गरेको निर्णयको बिरोध गरेको हो । साथै मासीक ज्यालादारीमा नियुक्त भएका कर्मचारीको निरन्तरता दिनुपर्ने अन्यथा त्रिबीबी बिकेन्द्रीकरण नियम २०५५ मा उल्ल्ेखीत सबैकुरा गलतहुन् भनी हटाउन समेत संघले माग गरेको छ । यदी मागहरु संम्बोदन नगरे कठोर आन्दोलनमा जाने समेत संघले चेतावनि दिएको छ