|

बिद्यालयको रकमबाट शिक्षकहरु तिर्थाटनमा भ्रमणबारे शिक्षा कार्यालय बेखबर

किरणमान बज्राचार्य,कपिलवस्तु, ५ मंसिर-कपिलवस्तुका ५० बढी शिक्षकहरु बिद्यालयको रकमबाट तिर्थाटनका लागि भारत गएका छन् । कपिलवस्तुको तौलिहवा श्रोत केन्द्रका ४० बिद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणको नाममा भारतमा धार्मिक यात्रका लागि गएका हुन । सो शैीक्षक भ्रमण शिक्षा कार्यालयसंग बिना अनुमति र जानकारी गएका हुन ।  भ्रमण जानु पुर्व कार्य योजना सहीत शिक्षा कार्यालयसंग अनुमति लिनु पर्ने शिक्षा कार्यालय प्रशासन फााटले जनाएको छ । बिद्यालय र बिद्यार्थीका लागि अनुभब र जानकारी आदान प्रदान गर्ने नेपालमै प्रसस्त ठाउ हुदाहुदै उनीहरु भारत जानु राम्रो होईन् एक प्रअले गुनासो गरे । त्यस्मा बिद्यालय छाडदा त शिक्षा कार्यालयलाई जानकारी दिनु पर्नेमा मुलुकै छाडेर जादा पनि शिक्षा संग अनुमति दिएका छैनन्, यो अनुशासनहिनता हो उनले नाम नलेख्ने शर्तमा भने ।

सो स्रोत केन्द्रका तौलिहवाका चार उच्च माबि, तीन माबि सहीत ४० बढी बिद्यालयका चार दर्जन बढी शिक्षकहरु भारतको धार्मिक स्थलहरुमा एक साताका लागि गत मंसिर १ गते भ्रमणमा गएको शिक्षकहरु बताउछन् । शैक्षिक अनुभव आदन प्रदान तथा सिकाईका लागिे शैक्षिक भ्रमण तोकिए पनि त्यस बिपरित उनीहरु भारतको मथुरा, बिन्दाचल, हरिद्धार, दिल्ली लगाययत आधा दर्जन स्थानमा घुम्नका लागि गएको शिक्षकहरुको भनाई छ । उनीहरु स्रोत ब्यक्ति रामनारायाण कुर्मीको अगुवाईमा भ्रमण गएका हुन ।

भ्रमणका लागि प्राबिबाट दुई हजार पााच सय, निमाबिले तीन हजार, माबिले चार हजार तथा उच्च माबिले चार हजारका दरले रकम उठाईएको स्रातको भनाई छ । उनका अनुसार माबि र उच्च माबिबाट प्रअ सहीत दुई शिक्षकलाई कोटा उपलब्ध गराईएको छ । सो तीर्थाटनमा नगएका उनले आफनो बिद्यालयबाट दुई शिक्षक भ्रमणका लागि गएको बताए । सो भ्रमणका लागि एक लाख २५ हजा रुपैया बिद्यालयबाट संकलन भएको थियो । जसमध्ये ५३ हजार रुपैया गाडी भाडा लाग्ने बताईएको छ । कुनै पनि भ्रमण जादा बिद्यालयको पठनपाठनलाई असर नपर्ने, किफायती, सुरक्षमैत्रधी हुनु पर्ने प्रांबधान रहेको छ । तर माबि र उच्च माबिबाट दुई जनाका दरले शिक्षकहरु भ्रमणमा जादा बिद्यालयको पठनपाठनमा समेत असर परेको बिद्यार्थीहरु बताछन् ।

भ्रमण बारे शिक्षा कार्यालयका संबन्धित बिद्यालय निरीक्षक, उप सचिव कसैलाई थाहा नभएको बताए । बिद्यालय निरीक्षक थानेश्वर घिमिरले यस बारे आफुलाई केही जानकारी नभएको स्ष्ट पारे । सो शैक्षिक भ्रमण बिद्यालयको लगानी वा आफनो ब्यक्तिगत खर्चमा शिक्षकहरु गए नगएको बारे पनि आफुलाई थाहा नभएको उनको भनाई छ । प्रत्येक शैीक्षक भ्रमणको सिकाई उपलब्धी हुनु जरुरी छ तर बिद्यालयको पैसाले भारतको भ्रमण गर्दा त्यसले बिद्यालयलाई के हासिल हुन्छ एक शिक्षकले प्रश्न गरे । ती शिक्षकले  यो सरासर बिद्यालयको रकमको दुरुपयोग भएको दाबी गर्दैे यस्ता भ्रमणमा रोक लागउन नसक्नु शिक्षा कार्यालयको कमजोरी रहेको बताए । उता उप सचिव सुर्य प्रसाद भुसालले स्रोत केन्द्रले भ्रमण बारे अनुमति नलिएको स्विाकार गरे । तर केही बिद्यालयले सो भ्रमण बारे जानकारी गराएको उनले बताए । यस अघि पनि पटक पटक जिल्लाका अन्य स्रोत केन्द्रका शिक्षकहरु यसरी नै भातरको बिभिन्न स्थानमा बिद्यालयको रकमबाट गएका थिए ।

तीर्थाटनका लागि आफनो ब्क्तिगत खर्चमा गए केही बोल्ने ठााउ थिएन तर बिद्यालयको खर्चमा जानु रकमको दुरुपयोग भएको शिक्षा बिदहरुको भनाई छ । बरु आफनै देशको बिभिन्न स्थानमा गएको भए केही त उपलब्धी हुन्थ्यो उनीहरु भन्छन् ।

Posted by Butwalonline on 10:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिद्यालयको रकमबाट शिक्षकहरु तिर्थाटनमा भ्रमणबारे शिक्षा कार्यालय बेखबर"

Leave a reply