दुर्घटनामा प्रमुख जिल्ला अधिकासहित ७ जना सुरक्षाअधिकारी घाइते
अर्घाखाँची, कार्तिक १४ - अर्घाको मसुरपाटामा भएको प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यक्रमबाट सदरमुकाम फर्कंदै गर्दा दुर्घटनामा प्रमुख जिल्ला अधिकारी सहित ७ जना सुरक्षा अधिकारी घाइते भएका छन् ।
सदरमुकामनजिकै अर्घा धरमपानीस्थित विद्युत कार्यालयनजिकै जिल्ला पशु सेवाको बा१ज ५८५६ नम्बरको गाडी पल्टिदा प्रजिअ गोविन्दमणी भुर्तेल, चन्दनाथ गणका गणपति रामकाजी राना, प्रह नायव उपक्षक हरिबहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका डीएसपी लीलाधर पौडेल, कार्यलय सहयोगी सुनिल पौडेल, प्रह जवान टेकबहादुर थापा र चालक कृष्ण शाही घाइते भएका छन् ।
गम्भीर घाईते सुनिल, शाही र थापाको थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ । प्रजिअ भुर्तेल, राना र पाण्डे उपचारपछि फर्किएका छन् । लीलाधरको उपचार भइरहेको छ ।
तीव्र गतिमा आएको गाडी एक्कासि ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको गणपति रानाले बताए । दुर्घटना भएको ठाउँ समथर भएकाले बाटोमै पल्ट“दा ठूलो क्षति हुनबाट बचेको प्रहले जनाएको छ । भुर्तेल र पाण्डेको टाउकोमा सामान्य ठक्कर लागेको छ ।
स्रोत :कांतिपुर
