|

चितवनका पत्रकारहरु पोखरा भ्रमणमा

पोखरा, १४ कात्तिक। विजयादशमीको अवसर पारेर पोखरा भ्रमणमा आएको चितवनका पत्रकारहरुले पोखरा नया सडकस्थित आदर्श समाज राष्ट्रिय दैनिकको प्रधान कार्यालय अवलोकन गरे।

कायाकैरन दैनिकका सम्पादक दिनेश थपलियाको नेतृत्वमा आएको १८ सदस्यीय टोलीले आदर्श समाजका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलासाग पत्रिकाको विविध पक्षबारे जानकारी लिएको थियो। त्यस अवसरमा सम्पादक थपलियाले आदर्श समाजले २०५८ देखि २०६० सम्म नवलपरासी जिल्लाको गैंडाकोटबाट तराई संस्करण प्रकाशित गरेको स्मरण गर्दै तराईमा आदर्श समाज को राम्रो छाप रहेको बताए। टोलीमा स्वतन्त्र पत्रकार सङ्घ चितवन शाखाका उपाध्यक्ष विनोदबाबु रिजाल र सदस्य राजु चौधरी पनि सहभागी थिए।पत्रकार टोलीलाई आदर्श सामाजका व्यवस्थापक दुर्गादेवी बास्तोलाले स्वागत गरेकी थिइन्।

Posted by Butwalonline on 5:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवनका पत्रकारहरु पोखरा भ्रमणमा"

Leave a reply