|

अमेरिकाको पुर्वी तटीय क्षेत्रमा समुद्री आंधीको प्रबेश(भिडियोसहित)

कार्तिक १४ । अमेरिकामा “स्याण्डी” नामक समुद्री आंधीले पुर्वी तटीय क्षेत्रमा आपत् सिर्जना गरेको छ । प्रतिघन्टा ८५ माइलभन्दा तीव्र गतिमा अमेरिकाको उत्तरपूर्वी क्षेत्रतर्फ बढेको समुद्री आँधी सोमबार न्युयोर्क प्रवेश गरेको छ। आंधीका कारण आउने बाढी र विद्युत आपुर्ति अबरुद्ध हुंदा अमेरिकामा ६ करोड मानिस प्रभावित हुने अनुमान गरिएको छ । समुन्द्री आंधीबाट सबैभन्दा बढी खतरामा रहेको न्युयोर्कका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिकी सरकारले आब्हान गरेको छ ।

स्याण्डीबाट बढी प्रभावित पूर्वी तटमा रहेका मेरिल्याण्ड , न्यूयोर्क, पेन्सेलभेनिया, भर्जिनिया र वासिंङटनमा आपतकालीन स्थितिको घोषणा गरिएको छ । अधिकांश बिद्यालय र कलेजहरु केही दिनका लागि बन्द गरिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय उडानहरु पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । समुद्री आंधी स्याण्डीले नोभेम्बर ६ मा हुने राष्ट्रपतिय चुनावको तयारीमा समेत असर पारेको छ । केही चुनावी ¥यालीहरु रद्ध भएका बताइएको छ । ओबामाले स्याण्डीलाई गंभीरतापूर्वक लिन अधिकारीहरुलाई सचेत तुल्याउंदै अमेरिकी जनतालाई संयम अपनाउन आग्रह गर्नु भएको छ । स्याण्डीका कारण गत हप्ता क्यारेवियन क्षेत्रमा ६० जनाको मृत्यु भएको थियो ।
स्रोत :इमेज च्यानल

Posted by Butwalonline on 8:02 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमेरिकाको पुर्वी तटीय क्षेत्रमा समुद्री आंधीको प्रबेश(भिडियोसहित) "

Leave a reply