|

यूएइमा प्रवासी नेपाली संघको आयोजनामा बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने


उत्तम अधिकारी (अबुधाबी- यूएइ )९ अक्टोबर २०१२ -बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले  यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । यतिबेला स्वदेशमा मात्रै हैन प्रवासमा रहेका नेपाली समुदायहरू पनि उत्तिकै तातेका छन् । युएइ प्रवासमा गत केही समय देखि हप्तै पिच्छे बिबिध साँस्कृतिक कार्यक्रमहरूको आयोजना निरन्तर् भई रहेका छन् । यहाँ धेरै नेपाली संघ संस्थाहरू भएका कारण प्राय कार्यक्रमहरू जुध्ने पनि गरेका छन् । त्यसो त युएइ प्रवासमा नेपाली श्रमिकहरूको उपस्थिती पनि ठुलै संख्यामा रहेको कारणले कार्यक्रमहरू जुध्दा समेत तिनमा दर्शकको उपस्थिती बाक्लै हुने गरेको छ ।

यसै शिलशिलामा बिजया दशमीको नजिकै पारेर बिगत् लामो समय देखि युएइ प्रवासमा कार्यरत प्रवासी नेपाली संघ युएइले "बडा दशै २०६९ को भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक "  कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी १९ अक्टोबर २०१२ का दिन दुबइको जाबिल पार्कमा आयोजना हुने उक्त कार्यक्रमका संयोजक संघका केन्द्रिय सदस्य तथा प्रवासी नेपाली युबा संघ युएइका अध्यक्ष महेश गिरीले दशै समस्त नेपालीहरुमा निकटता र भाइचारा बढाउने तथा एक आपसका तिक्तता र कटुताहरू मेट्दै सामिप्यता बढाउने र दु:ख पीडाहरू भूलेर एक आपसमा मिलेर खुसियालिपुर्बक साथ साथ मनाउने राष्ट्रिय पर्बको रुपमा रहेकाले प्रवासी नेपाली संघले युएइ प्रवासमा रहनु भएका सम्पुर्ण संगठन , संघ संस्थामा आबद्ध नेपाली समुदाय तथा आम नेपाली दाजु –भाइ, दिदि- बहिनिहरू लाई  कार्यक्रममा सहभागी हुनको लागि अनुरोध् गर्नु भएको छ ।उक्त भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक कार्यक्रमका ब्यबस्थापन प्रमुख संघकै केन्द्रिय सदस्य प्रकाश कोइरालाका अनुसार कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाउनका लागि शुभकामना आदान प्रदानका सथ् साथै नाचगान र दुई चरणको खानाको ब्यबस्था गरिएको छ । "दशै भन्ने बित्तिकै अधिकांस नेपालीहरूको घर घरमा खसी काटेर रमाइलो गरि मनाइने पर्ब भएकाले हमिले पनि यस कार्यक्रममा ४ वटा खसी काटेर परिवारको साथमा नेपालमै भएको झल्को आउने गरि कार्यक्रमको तयारी गरेका छौं "उहाँले भन्नु भयो । उहाँका अनुसार कार्यक्रममा सरिक हुनेहरुका लागि बिशेष पासको ब्यबस्था गरिएको र कार्यक्रमको अघिल्लो दिन सम्म पास लीइसकेकाहरूलाई मात्रै कार्यक्रममा समाबेश गराइने तथा अबुधाबी बाट कार्यक्रममा सरिक हुनेहरुका लागि आयोजकको तर्फ बाट यातायातको ब्यबस्था समेत मिलाइएको छ ।

कार्यक्रमको पास प्राप्त गर्न तथा अन्य बिबिध जानकारिको लागि निम्न ब्यक्तिहरू सँग संपर्क गर्नको लागि संघले सबैमा अनुरोध् गरेको छ ।

संपर्क :
महेश गिरी ( आबुधाबी ) 055-1835640, उत्तम अधिकारी ( अबुधाबी ) 050-5365629, गितामणी पाण्डे ( दुबइ ) 055-7561292, युबराज भुसाल ( दुबइ ) 050-7295790, भिम गुरुङ ( जेबेल अली -दुबइ ) 055-9911417, प्रकाश कोइराला ( शारजाह ) 050-6581443, श्याम कंडेल ( शारजाह ) 055-1325432, लीला प्रसाद उप्रेती ( बिदा जायेद ) 055-4491705, श्याम पाठक ( अल ऐन ) 050-9085503, लक्ष्मण अधिकारी ( अल ऐन )  055-3178201, नबराज पौडेल ( रास अल खैमाह )  050-7380834
कार्यक्रम :
मिती : १९ अक्टोबर २०१२ शुक्रबार
समय : दिनको १ बजे
स्थान : जाबिल पार्क ( दुबइ )

Posted by Butwalonline on 9:03 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यूएइमा प्रवासी नेपाली संघको आयोजनामा बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने "

Leave a reply