'माइ ब्रदर ' ले गर्यो प्रेस मीट
असोज २६ गते उपत्यका बाहिर प्रदर्शन मा आउने चलचित्र माइ ब्रदर ले असोज २२ गते राजधानीमा एक पत्रकार सम्मेलन गरेको छ | पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक बिष्णु भट्टराई ले चलचित्रको बारेमा जानकारी गराएका थिए | आफ्नो लामो समय सम्मको मेडिया को अनुभब चलचित्र माइ ब्रदर मा देखाएको बताएका थिए , पारिवारिक र सस्पेन्स प्रेम कथामा बनेको चलचित्रले दर्शकलाइ हसाउने र रुवाउने समेत बताए| को बन्छ कलाकारका बिजेता लक्की दीपकले पनि कार्यक्रममा बोल्दै आफुले यो चलचित्र बाट दर्शक को माया पाउने बताए |
फरक धारमा बनेको चलचित्र माइ ब्रदर ले धेरै सम्भावना बोकेको हुनाले चलचित्र छेत्रमा एक पटक पक्कै परिबर्तन गर्ने छ भन्दै रोज राना, मनोज के सी , राज कुमार राइ , योगेन्द्र श्रेष्ठ समेतले सफलताको सुभकामना दिएका थिए | चलचित्र असोज २६ गते देखि उपत्यका बाहिर प्रदर्संमा आउदैछ | लक्की दीपक , सुमिना घिमिरे, रमेश बुढाथोकी , अनिश कंडेल, बिमला गिरि , अन्जु थापाको साथमा जीवन लुइटेलको पनि बिशेस भूमिका देख्न सकिन्छा |च्यारिटी सो बाट दर्शकको माया पाएको माइ ब्रदर ले पक्कै पनि चलचित्र जगतमा परिबर्तन ल्याउने र दर्शक लाई सिनेमा घर सम्म पुर्याउने पक्का पक्कि देखिएको छ |


