गजल
गजल || १ ||
माया कस्तो हुन्छ भनी लाउनेलाई सोध
धोका कस्तो हुन्छ भनी पाउनेलाई सोध ।।
यो दीपितको बानि व्यवहार कस्तो भनी
जान्न दीपितलाई साथी बनाउनेलाई सोध ।।
यो हमालको घर कहा भन्ने थाहा पाउन
उसकै घरको बाटो हुदै आउनेलाई सोध ।।
यदि तिमिलाई गजल सिक्ने मन भए
के गर्नुपर्छ भनी गजल गाउनेलाई सोध ।।
जीवनमा प्रेम अनिर्वाय हुन्छ भन्ने मान्छेले
कस्तो हुदो रहेछ एक्लै रमाउनेलाई सोध ।।
गजल || २ ||
आजकाल दाईकी साली कस्ती भई होली
मलाई माया गर्ने काली कस्ती भई होली ??
पहिले जस्तै माया गर्छे या गर्दैने
दीपितकी दिलवाली कस्ती भई होली ??
सबैले डाहा गर्थे मेरो जित हुदाखेरी
उसले बजाउथी ताली कस्ती भई होली ??
अहिले त बिहेपनि गरिसकी सायद
सिउदो थियो खाली कस्ती भई होली ??
गजलकार : दीपेन्द्र दीपित हमाल (अनुराग)
ठेगाना : सुर्खेत जिल्ला उत्तरगंगा गा.वि.स. वडा नं. ८, गण्डकिटोल
संलग्नता : बुलबुले एफ.एम. १०३ विन्दु ४ मेगाहर्ज, सुर्खेत
