|

नेपाली कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीद्वारा शुभकामना आदान प्रदान

बुटवल असोज २३ - नेपाली कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीले यस क्षेत्रमा रहेका बिभिन्न संघ संस्थामा आएका नयाा कार्यसमितीलाई सम्मान तथा दशै शुभकामना आदान प्रदान गरेको छ ।हिन्दुहरुको महान पर्व विजयादशमी नजिकीदै गर्दा नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा संघसंस्थाका पदाधिकारीलाई पनि सम्मान गरेको हो । त्यसरी सम्मान हुने संघ संस्थाहरुमा पश्चिम नेपाल बस व्यबसायी संघ, प्रजातन्त्रबादी प्राध्यापक संघ, नयाा गाउा उच्च माध्यमिक बिद्यालय व्यबस्थापन समिती, लक्ष्मीनगर सामुदायिक बनका कार्यसमितीलाई सम्मान गरीएको हो ।

ति संस्थाका पदाधिकारीहरुलाई सम्मान गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खााणले हरेक कुरालाई राजनीतिक रुपमा मात्र हेर्न नहुने बताउादै संघसंस्था संगको सम्बन्ध मजबुद बनाउादै अंघी बढ्नुपर्ने धारणा राख्नुभयो ।क्षेत्रीय सभापति हरिबहादुर आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाक, पश्चिम नेपाल बस व्यबसायी संघका पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, दामोदर ज्ञवाली, कृष्णप्रसाद न्यौपाने, कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, बस समितीका उपाध्यक्ष कृष्णबहादुर खड्का, प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष मदन कट्टेल, परशुराम ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव काजिमान श्रेष्ठ, स्वागत कोषाध्यक्ष पुरुषोत्तम बस्याल र धन्यवाद उपसभापति हरिप्रसाद श्रेष्ठले गर्नुभएको थियो


Posted by Butwalonline on 4:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीद्वारा शुभकामना आदान प्रदान"

Leave a reply