‘टुबोर्ग अल नेपाल व्याटल आफ व्याण्ड्स’ बुटवल आउने
बुटवल (स्वाधीन)असोज १८ - ओडेसी जेनेस्टिजम काण्माण्डौंको आयोजनमा हुने देशव्यापी ‘टुबोर्ग अल नेपाल व्याटल आफ व्याण्ड्स’ प्रतियोगिताको लागि अष्ट्रेलियन तथा भारतिय व्याण्डहरु बुटवल आउने भएका छन ।
बुटवलमा यहि अशोज २२ गते हुने अडीसन तथा कार्यक्रमको लागि पहिलोपटक अष्ट्रोलियाको‘कोड फर डेड ईन फाईभ सेकेण्ड’ व्याड र भारतको दाजलिङको‘ई होम डाईज’ व्याण्ड र काठमाण्डौको ‘उग्रकर्म’ व्याण्ड बुटवल आउने भएका आयोजक संस्थाका बुटवल संयोजक अनुप प्रधानले जानकारी दिए ।
बुटवलको बालमन्दिरमा आयोजना हुने कार्यक्रम तथा अडिसनको लागि रु १ सय ५० र २ सयको टिकट व्यवस्था गरिएको छ । जुन टिक खरिद गर्दा युटिएको सिमकार्ड सित्तैमा पाईने आयोजकको भनाई छ । पोखराबाट सुरु भएको अडिसन पोखरा, दमक, धरान, काठमाण्डौ, हेटौडा तथा काठमाण्डौमा समेत आयोजना हुने जनाइएको छ ।
