|

आम सहमति नलिई जिविसले टेण्डर आव्हन गरेपछि वामी गाविसवासी आन्दोलनमा

गुल्मी,असोज १८ - वामी गाविसवासीको आम सहमति नलिई जिल्ला विकाश समिती गुल्मीले सो गाविसबाट गिटी वालुवा, रोडा ढुङ्गा झिक्न टेण्डर आव्हन गरेपछि त्यस विरुद्ध त्यहाका जनता आन्दोलनमा उत्रिने भएका छन् । वामी गाविस वडा नम्वर ३ स्थित सिमखर्कमा उत्खनन गर्न जिल्ला विकास समितिले केहि दिन अघि टेण्डर आव्हन गरेको थियो । जिविसले उक्त स्थानको जिउ धनको अध्यान नै नगरी त्यहाका सिमित ब्याक्तिहरुको उक्साहटमा उत्खनन गर्नलागेको भन्दै वामी सहित छिमेकीगाविस कुर्घा , आापचौर र तुराङ गाविसका ५० औं जना विभिन्न दलका अगुवा आज जिल्ला विकाश समितीमा डेलिगेशन आई तत्काल उक्त कार्य रोक्न माग गरेका छन् ।

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आम सहमति नलिई जिविसले टेण्डर आव्हन गरेपछि वामी गाविसवासी आन्दोलनमा"

Leave a reply