|

गजल


ध्यान पूर्वक मेरा व्यथा सुनिदिने को छ ?
भन मेरो च्यात्या मुटु तुनिदिने को छ ?

विहाल छ देशको हालत देख्या छौ कि छैनौ ?
विदेश रुपी खोलो पसे थुनिदिने को छ ?

आफ्नै दाइ प्रलोभनमा बैनी बेच्न थाले
कठै तिन्को उद्दार गर्न गुनिदिने को छ ?

शैक्षिक युवा बेरोजगारलाई रोजगारी दिदैंगजल
बिना सोर्सफोर्स जागिरमा उनिदिने को छ ?

शासन गरे धेरैले नै तर जनले के पाए?
एक पटक नारी सरकार चुनिदिने को छ ?

चुक्न नदिई अवसर ति ‘प्रयास’ सफल पार्दै
इन्दिराको सहयात्रामा जुनिदिने को छ ?

इन्दिरा प्रयास
दमक झापा -नेपाल 

Posted by Butwalonline on 5:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल "

Leave a reply