मृगौला पीडित पत्रकार चालिसेको उपचारार्थ सात लाख संकलन
काठमाडौं,असोज १८ - मृगौला पीडित पत्रकार रमेश चालिसेको उपचारार्थ संकलन गरिएको रकम नेपाल पत्रकार महासंघले आज पत्रकार चालिसेको परिवारलाई हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले चालिसेकी आमा इन्दिरा चालिसेलाई महासंघ केन्द्रीय कार्यालयमा रु. ७,३४,१६४।– (अक्षरेपी सात लाख चौतीस हजार एक सय चौसठ्ठी मात्र) को चेक हस्तान्तरण गर्नुभयो । पत्रकार चालिसे अहिले उपचारको क्रममा भारतमा हुनुहुन्छ ।
पत्रकार चालिसेको उपचार सहयोग अभियानका क्रममा महासंघले संसारभर छरिएर रहेका सञ्चारकर्मी र नेपाली समुदायसाग अपिल गरेको थियो । महासंघको पहलमा यति ठूलो रकम संकलन भई पत्रकारलाई वितरण गरेको यो पहिलो पटक हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गाउलेले एउटा पत्रकार समस्यामा पर्दा नेपाली पत्रकारहरुका अतिरिक्त संसारभरिका नेपाली सञ्चारकर्मी र नेपाली समुदायले सहयोगका हात बढाएकोमा धन्यवाद दिनुभयो । ‘हामीलाई सहयोग गर्ने सबैलाई धन्यवाद, हामी चालिसेको उपचार सफल होस भनेर कामना गर्छांै’ गाउालेले भन्नु भयो ।
नोट : पत्रकार चालिसेलाई आजै ५ हजार नगद सहयोग प्राप्त भएको हुनाले चेकमा उक्त रकम उल्लेख नभएको जानकारी गराइन्छ ।
