सडक छेउका फुटपाथ पसल हटाउन सुरु
तमघास ,असोज १८ -सदरमुकाम तमघास बजार क्षेत्रका सार्वजानिक जग्गा अतिक्रमणको फिर्ता प्रकृया संगै यहाको प्रशासनले सडक छेउमा फुटपाथ पसल गर्नेहरुलाई पनि हटाउन सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरक्षक देवानन्द उपाध्याको नेतृत्वमा खटिएको टोलीले आज पहिलो दिन लाकुरी मञ्चदेखि एसविआई बैक हुदै पुतली वजार सम्मका ४० वटा फुटपाथका पसलहरु हटाईएको छ । उद्योग बाणीज्य संघ र तमघास गाविसका प्रतिनिधी समेतले सुरु गरेको यो अभियानलाई सहयाक राजमार्ग छेउका फुटपाथ पसलहरुमा समेत पुर्याईने प्रहरीनायव उपरिक्षक राजकुमार वैदवारले बताए ।
पछिल्लो चरण जिल्ला प्रशासन कार्यालय जिल्लाको सरसफाई र वातवरण सुधारलाई पहिला आफैबाटसुरु गरौं भन्ने मुल नाराका साथ लागेको छ ।