|

पौरख देखाउँदै मधेसकी छोरी

परासी असोज १८ - महिलाले घरभित्रको चुलो चौकोको काम मात्र गर्नुपर्छ भन्ने मधेसी समाजको मानसिकतालाई चुनौती दिँदै नवलपरासी भुवहवा गाविसकी बिन्जना गौडले सुनवलस्थित मोटरसाइकल वर्कशपमा आफ्नो प्राविधिक पौरख देखाएर सबैलाई चकित पार्नुभएको छ ।

नवलपरासी भुजहवा गाविस–७ की बिन्जना गौडले समाजमा महिलाले पनि केही नयाँ काम गर्न सक्छन् भन्ने उद्देश्यका साथ सुनवलस्थित निखिल मोटरसाइकल वर्कसपमा मुख्य प्राविधिकको काम गरेर पछिल्लो तीन वर्षदेखि उदाहरण देखाउनुभएको छ ।
सुनवलस्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयबाट मोटरसाइकल मेकानिकल कोर्ष गरेर यो काम सुरु गरेकी बिन्जनाले वर्कशपमा भएका अन्य प्राविधिकहरुले भन्दा राम्रो र मिहिनेत गरी मोटरसाइकल बनाउने गरेको महाकवि देवकोटा बहुमुखी क्याम्पसकी  शिक्षिका पविता पौडेलले बताउनुभयो ।

Posted by Butwalonline on 5:13 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पौरख देखाउँदै मधेसकी छोरी"

Leave a reply