एमालेले भोली सरकार बिरुद्ध बुटवलमा जनप्रदर्शन गर्ने
बुटवल ,असोज १८ -नेकपा एमालेको मोर्चा संगठनको आब्हानमा बर्तमान सरकार बिरुद्ध भोली बुटवलमा ब्यापक जनप्रदर्शन हुने भएको छ ।संगठनको केन्द्रिय निर्णय अनुसार बाबुराम भटटराइ नेतृत्वको सरकार बिरुद्ध बुटवलमा प्रदर्शन लागीएको मोर्चा संगठन रुपन्देहीले जनाएको छ ।
सरकार राजनितिक सहमतिको बाधक बनेकाले बर्हिगमनका लागि प्रदर्शन गर्न लागेको संगठनले जनाएको छ ।मध्यान्ह १२ बजे बुटवलको नया बसपार्कबाट शुरु हुने प्रदर्शनमा सहभागि हुन मोर्चा संगठन रुपन्देहीका प्रमुख शिब सुबेदीले पार्टि निकट जनसंगठनहरुलाइ आग्रह गर्नुभएको छ ।
