|

चिकित्सको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ

किरणमान बज्राचार्य,कपिलवस्तु , १८ असोज | कपिलवस्तुको चन्द्रौटा स्थित संजिवनी सामुदायिक अस्पतालमा चिकित्सको लापरवाहीका कारण बुधबार राती एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल घेराउ गरेका छन । सो घटनाले गर्दा बिहिबार दिनभर चन्द्रौटा बजार तनावग्रस्त बनेको थियो । सामान्य ज्वरो आएर अस्पतालमा उपचार गराउन आएका शिवपुर ४ बेलौतीका ७० बर्षिय टेकबहादुर पुनलाई जथाभावी सुई तथा औषधी दिदा उनको केहिबेरमै मृत्यु भएको भन्दै आफन्तले चन्द्रौटा बजार बन्द गराएका थिए । सामान्य ज्वरो आएर उपचारको लागी अस्पताल लैजादा कार्यरत डाक्टरले ३ वटा सुई लगाएपछि बुबाको अवस्था गम्भीर भएको छोरा कृष्ण पुनको आरोप छ । चिकित्सकको लापरवाहीका अस्पताल परिसर तनावग्रस्त बन्दै गएपछि अप्रिय घटना घटन नदिन व्यापक रुपमा प्रहरी तथा शशस्त्र प्रहरी टोली परिचालन गरिएको छ ।

सामान्य ज्वरोको उपचार गराउन छोरा संग अस्पताल पुगेका पुनलाई अस्पतालमा कार्यरत डा. पुष्पराज पौडेलले उपचार गरेलगत्तै उनको अवस्था गम्भीर बनेको थियो । बुबाको अवस्था गम्भीर बनेपछि डक्टर पौडेलले ३ वटा सुई लगाइदिएर घर जान भनेको र घर जाने क्रममा बाटोमै बुबाको मृत्यु भएको उनले जानकारी दिए । घटना पछि अस्पतालका चिकिस्तक पौडेल संपर्कबिहीन छन भने अस्पतालका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचार गराइरहेको अन्य विरामी डरका कारण अन्यत्रै गएका स्थानिय राम बहादुर खत्रीले बताए ।

अस्पतालले मापदण्ड अनुसारको सेवा सुविधा नदिएको भन्दै विगत केहि दिन यता कपिलवस्तु मा आवाज उठेदै आएको छ । स्थानीयबासी अनुसार अस्पतालमा कार्यरत चिकित्सक होम्योप्याथिक (डिबिएमएस) रहेको र चिकित्सकले पाउने एनएमसी नम्बर समेत नलिएको म्योप्याथिक बाट डाक्टर बनेका उनले अस्पतालमा एलोप्याथिक पद्धती बाट उपचार गराइरहेका थिए । जुन अत्यन्तै जोखिमपूर्ण हुने जानकारहरु बताउछन् ।

उपचारमा लापरवाही गरेका कारण आफ्नो पुनको मृत्यु भएको भन्दै स्थानिबासीले अस्पताल प्रशासन तथा डाक्टरलाई कारवाही हुनुपर्ने माग अघि सारेका छन् । उनीहरुले अस्पतालका अध्यक्ष टोपलाल पोख्रेल तथा डाक्टर पौडेललाई प्रहरी कार्यालयमा हाजिर गराउनुपर्ने र कारवाही पक्रिया अघि बढाउन प्रहरीलाई दबाब दिएका छन् । प्रहरीले घटनाबारे बुझ्ने र दोषि देखिए कारावही गर्ने बताएको छ । प्रहरी निरिक्षक यम प्रसाद घर्तीले उपचार गराइरहको वृद्धको घर जाने क्रममा मृत्यु भएकाले तत्काल अस्पताललाई नै दोष लगाउन नमिल्ने बताए । तर लापरवाही भएको हुनसक्ने भन्दै यसबारे वास्तविक अनुसन्धान गरि दोषि देखिए कारवाही अघि बढाउने जानकारी दिए ।

अस्थायी दर्ता गरि विभिन्न अस्पतालमा हुने सेवा सुविधा नराखी स्थानीबासीहरु संग चर्को शुलक उठाउदै आइरहेको यस सामुदायिक अस्पतालले विगत देखि नै यस प्रकारको लापरवाही गर्दै आएको स्थानियबासीहरुको आरोप छ । संचारमाध्यममा आएका विषयहरुप्रति सरोकारवाला, स्वास्थ्य कार्यालय तथा प्रशासनले चासो नदेखाएको कारण यत्रो ठूलो घटना घटेको उनीहरु बताउछन् । दोषि पक्ष संग बार्ता गराएर विवाद समाधान गराउन केहि गुटहरु सक्रिय भइरहेको बताउदै उनीहरुले कुनै पनि हालतमा पीडकलाई कारवाही तथा पीडितलाई उचित क्षतिपुर्ती उप्लब्ध गराउनुपर्ने माग राखे ।


Posted by Butwalonline on 4:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चिकित्सको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ"

Leave a reply