|

सर्वपक्षिय छलफलले मात्रै देशलाई निकास दिन सक्छ - विप्लव


लक्ष्मण पोखरेल,बुटवल ,१८ असोज । नेकपा– माओबादीका सचिव नेत्र विक्रम चन्द विप्लवले बाबुराम र प्रचण्ड राष्ट्रघाती भएको आरोप लगाएका छन् । दश बर्षसम्म जनयुद्ध गरेर जनतालाई धोका दिएको भन्दै बाबुराम र प्रचण्ड धोकेबाज भएको बताए ।  राष्ट्रिय जनस्वयमसेवक प्रथम अबद्य भेलालाई विहिबार बुटवलमा सम्बोधन गर्दै नेता चन्दले यस्तो बताएका हुन ।

काग्रेस र एमालेले भन्दा बढि राष्ट्रघाती सन्धि सम्झौता गरेर प्रचण्ड बाबुरामले बन्दुक समातेर लड्ने जनतालाई ठूलो घात गरेको उनको भनाई छ । विदेशी मालिकहरुको अगाडि लम्पसार परेर बाबुराम भट्राईले उत्पीडित महिला दलित र सर्वहारा वर्गमाथि अक्षम्य अपराध गरेको बताए । सहमतिका नाममा जनमुक्ति सेनालाई विर्सनज गराएको बताउदै प्रचण्ड र बाबुराम काग्रेस एमालेसंग मिलेर संविधानसभा विघटन गराएको उनको आरोप छ । ‘जनयुद्धमा बन्दुक बोकेर लड्ने कार्यकर्तालाई झुक्याएर महलमा बस्ने प्रचण्ड बाबुराम माओबादी होईनन उनले भने –‘उनीहरु त विदेशीका दलाल हुन ।’

एमाओबादी प्रति निकै आक्रमक देखिएका चन्दले सहमितको नाममा किसान,दलित,सुकुम्बासी,दलित महिला र उत्पीडितको मुद्धा सम्बोधन नभए बन्दुक उठाउन समेत पछि नहट्ने चेतावनी दिए । बर्तमान सरकारले सर्वहारा वर्गको मागलाई बेवास्ता गरेको आरोप लगाए ।

एमाओबादी,काग्रेस र एमालेले सहमति गर्दैमा मान्य नहुने बताउदै आफुहरुको सहमति विना देशले निकास नपाउने उनको जिकिर छ । ‘एमाओबादीका प्रचण्ड,काग्रेसका शुशिल,एमालेका झलनाथले गरेको सहमति मान्य हुदैन’ उनले भने । उनले नयाँ निर्वाचन,संविधानसभा पुर्नस्थापना कुनै पनि औचित्य नरहेको बताउदै सर्वपक्षिय छलफलले मात्रै देशलाई निकास दिने तर्क गरे ।

राष्ट्रिय स्वाधिनता र देशलाई बन्धकी राखेर बर्तमान सरकारले ईतिहासमै सबैभन्दा ठूलो अपराध गरेको उनको भनाई छ । राष्ट्रिय स्वािधनताको आन्दोलन गर्दा बर्तमान सरकारले कारवाही गर्ने निर्देशन दिनुले प्रधानमन्त्रि भट्टराई भारत एजेन्ट भएको पुष्टि हुने उनको टिप्पणी छ । भारतीय गाडी नेपाल चल्न नदिने आफुहरुको आन्दोलनलाई सरकारले दवाउन खोजेको बताउदै प्रधानमन्त्रिलाई आफ्नै गाडीमा भारतीय नम्बर प्लेट राखेर गाडी चलाउन आग्रह गरे ।

कान्ति सभागृह बुटवलमा भएको कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय,जिल्ला तहका नेता तथा जनस्वयमसेवकहरुको सहभागिता थियो । कार्यक्रम अघि बुटवलको राजमार्ग चौराहाबाट प्याली निकालीएको थियो ।

Posted by Butwalonline on 4:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सर्वपक्षिय छलफलले मात्रै देशलाई निकास दिन सक्छ - विप्लव"

Leave a reply