|

जातीयता र क्षेत्रीयताको नाममा अर्को अतिवाद नेपालमा भित्रीयो-प्रदीप ज्ञवाली

गुल्मी,असोज १८ - नेकपा एमालेका पोलीटव्यूरो सदश्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुक उग्रवामपन्थी अतिवाद तर्फ धकेलिन थालेको कारण जातीयता र क्षेत्रीयताको नाममा अर्को अतिवाद नेपालमा भित्रीएको वताउनु भएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले उक्त कुरा वताउनु भएको हो । दलहरुवीचमा गंभिर मत भिन्नताहरु वढ्दै गएको भन्दै नेता ज्ञवालीले माओवादी र मधेशवादी दलहरुको व्यवहारका कारण यो संवादवाट कुनै सहमति निस्कन नसक्ने वताउनु भएको छ ।

राष्ट्रियताको पक्षमा सन्तुलित भूमिका निभाईरहेका राष्ट्रपतिलाई दलीय आरोप लगाई विवादित वनाउन खोज्नु माओवादीको गैह्र जिम्मेवारी अभिव्यक्ति भएको आरोप लगाउनु भयो । भालुको रिस खन्यू माथि भने जस्तै अध्यादेश जारी नगरिदिएको रिसमा माओवादीले कुतर्क अघि सारेको उहााको आरोप थियो । वर्तमान सरकारका गलत क्रियाकलापका कारण यो स्थिती रहिरहेमा मूलुक दलहरुले चाहेर पनि सम्हाल्नै नसक्ने स्थितिमा पुग्न सक्ने वताउनु भयो । उहााले गत जेठ २ गतेसम्म दलहरु विच भएको सहमतिको आधारमा वााकि विषयहरु टुंगाएर संविधानको मस्यौदा राजनैतिक तहमा सहमति हुन्छ भने उक्त मस्यौदालाई वैधानिक रुप दिन छोटो समयका लागि भएपनि संविधान सभाको पूर्नस्थापना गर्न सकिने वताउनु भएको छ ।

Posted by Butwalonline on 4:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जातीयता र क्षेत्रीयताको नाममा अर्को अतिवाद नेपालमा भित्रीयो-प्रदीप ज्ञवाली"

Leave a reply