रुपन्देही जिल्ला जनस्वास्थ्य कार्यालयको खोप लगाउने अभियान
लालबहादुर ढेंगा, बुटवल, नेपाल-बुटवल । गत १८ असोज बिहीबारका दिन रुपन्देही जिल्ला जनस्वास्थ्य कार्यालयको खोप लगाउने अभियान अन्तर्गत बुटवलको एक्सीस कलेजमा बिद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम सम्पन्न गरेको छ । चार जनाको टोलीले ९ महिना देखि १५ बर्षसम्म पुगेका बालवालिकाहरुलाई दादुरा र रुवेला नियन्त्रणको लागि खोप लगाएका हुन् ।
एक्सीस कलेजका प्रिन्सिपल चुडाबहादुर थापाको अध्यक्षता तथा सिनियर एक्जेलरी हेल्थ वरकर ध्रुवप्रसाद भण्डारीको अगुवाईमा भएको उक्त कलेजका लगभग एक सय जना बालवालिकाहरुलाई खोप लगाएका छन् । कलेजको एउटा हलमा एक एक गरी खोप लगाउने क्रममा यो अभियान गत १५ गते असोजदेखि सुरु गरी १९ असोजसम्म जारी रहने सिनियर एक्जेलरी नर्श मिडवाइफ निशा श्रेष्ठले जानकारी दिइन् ।
चार जनाको टोलीमा सिनियर एक्जेलरी हेल्थ वरकर ध्रुवप्रसाद भण्डारी, सिनियर एक्जेलरी नर्श मिडवाइफ निशा श्रेष्ठ, महिला स्वास्थ्य स्वयम सेविका चन्द्रकला बुढाथोकी र अम्विका पराजुली रहेका थिए । यस्तैगरी रुपन्देहीका अन्य विभिन्न कलेजहरुमा पनि खोप लगाउने कार्यक्रम सम्पन्न गरेको उक्त टोलीले बताएका छन् ।


