|

सुर्तीजन्य पदार्थ सेवनको अनुगमन

मुक्तिप्रसाद न्यौपाने,असौज १९, पाल्पा-सुर्तीजन्य पदार्थको सेवनको नियमित अनुगमन पाल्पामा सम्पन्न गरिएको छ । अनुगमन टोलीले जिल्लामा सञ्चालनमा रहेका विभिन्न ठूला होटल तथा रेष्टुरेन्ट एवं सार्वजनिक स्थलहरुको अनुगमन गरिएको हो ।

जिल्लास्तर यस अगाडी आषाढ २७ देखी श्रावण ७ सम्म नियमति अनुगमन सञ्चालन गरिएको थियो । उक्त अनुगमनको प्रभावकारीता मूल्याङ्कन गर्न जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको संयोजनमा भएको अनुगमनटोलीमा सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद न्यौपाने, प्रहरी नायव निरीक्षक पुरुपोत्तम पाण्डे, वरिष्ठ जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेल, डा. संज्ञा पौडेल, डा. लिला पौडेल एवं पत्रकारहरुको टोली रहेको थियो ।

अनुगमन टोलीले रोज रिसोर्ट, ह्वाईटलेक, नाङ्लो वेष्ट, तथा बर्तुङ्गमा रहेका विभिन्न होटलहरुमा चुरोट एवं सुर्ति सेवन गरिरहेका विभिन्न व्यक्तिहरुलाई सुर्तिजन्य पदार्थको सेवनबाट हुने हानि एवं यसले पार्ने असरहरुका विषयमा जानकारी दिई जनतालाई सुसुचित पार्ने कार्य गरिएको थियो । अनुगमनले आगामी दिनहरुमा पनि यस्तो कार्य गरेको पाईएमा व्यापारी एवं प्रयोगकर्तालाई सुर्तीजन्य पदार्थको ऐन अनुसार कार्यवाही हुने बताएको छ ।

टोलीले होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुलाई सुर्तीजन्य पदार्थहरुको सेवनकोलागि कुनै निश्चित स्थान तोक्न सुझाव समेत दिएको थियो । अनुमगनटोलीले ठाउ–ठाउमा पोष्टर एवं पम्पेल्ट समेत टासेको छ ।


Posted by Butwalonline on 9:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " सुर्तीजन्य पदार्थ सेवनको अनुगमन"

Leave a reply