|

नेपाल एयरलाईन्सको जहाज उड्न लाग्दा बिमानस्थलमै जहाजको पाङ्ग्रा अड्‍कियो


पोखरा, आश्विन १९ - हिमालपारीको मुस्ताङस्थित जोमसोम बिमानस्थलबाट पोखराकालागि उड्न लागेको नेपाल एयरलाईन्सको टि्वनअटर जहाज दुर्घटनाबाट बचेको छ ।

आज बिहान ६ बजेर ५५ मिनेटमा पार्किङस्थलबाट ३ चालकदलसहित १८ यात्रु बोकेर धावनमार्गतर्फ जाने क्रममा 'टर्न' लिदा बिमानस्थलमै रहेको नाला भासिएर पछाडिको दायाँ चक्का फँसेको थियो । त्यसपछि दौडिनबाट रोकिन पुगेको जहाज ढल्केको थियो । लगत्तै यात्री ओरालिएको थियो । सबै यात्री र जहाज सकुशल रहेका र पोखराबाट ईन्जिनियर आएर जहाजको अवस्था हेरेपछिमात्रै उडान भर्न दिईने जोमसोम बिमानस्थल प्रमुख शिव शर्माले टेलिफोनमा बताए । नाला झण्डै १ मिटरजति भाँसिएको छ ।

९ एन एबिटी जहाज क्याप्टेन वाई हिराचनले चलाएका तथा अन्य दुई चालक बि कस्तप र पि राईसमेत रहेका थिए । जहाजलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीयबासीको प्रयासमा सुरक्षितस्थलमा ल्याईएको छ ।  खराब मौसमकाकारण उक्त जहाज हिजै जोमसोममा रोकिएको थियो ।
स्रोत :कांतिपुर  

Posted by Butwalonline on 9:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल एयरलाईन्सको जहाज उड्न लाग्दा बिमानस्थलमै जहाजको पाङ्ग्रा अड्‍कियो"

Leave a reply