विजय दशमीको अवसरमा तिनाउ एफएमबाट शुभकामनाआदान प्रदान प्रत्यक्ष प्रसारणसुरु
बुटवल,असोज २५ - नेपालीहरुको महान् चाड दसै तिहार तथा छड पर्वको अवसरमा तिनाउ एफएमले आज देखि शुभकामनाआदान प्रदान कार्यक्रम सुरु गरेको छ । शुभकामना आदान प्रदानका लागि आज एफएमको एक टोली प्रत्यक्ष प्रसारणमा गएको छ । प्रत्यक्ष प्रसारण कार्यक्रम १० दिन सम्म चल्ने छ । प्रत्यक्ष प्रसारणको टोलीले रुपन्देहीको बुटवल, सालझण्डी, मुर्गिया लगायत दाङको तुल्सीपुरसम्म पुगी शुभकामना आदान प्रदान गर्नेछ ।
त्यस्तै टोलीले लुम्बिनी अञ्चलका कपिलवस्तु, नवलपरासी, पाल्पा अर्घाखाची, गुल्मी सम्म पुगी शुभकामना आदान प्रदान कार्यक्रम गर्नेछ । शुभकामना आदानप्रदान कार्यक्रममा सम्पूर्ण, शुभेच्छुक, स्रोता, विज्ञापनदाता, शेयर सदस्य लगायत सबैलाई सहयोग पुर्याईदिनु हुन एफएमले आग्रह गरेको छ ।
