सिद्धार्थ युवा साहित्य कोसेली भैरहवाद्वारा रक्तदान कार्यक्रम संपन्न
भैरहवा २५ असोज । सिद्धार्थ युवा साहित्य कोसेलीले भैरहवा बहुमुखी क्याम्पस प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ । रक्तदान कार्यक्रममा जम्मा १७ जना विद्यार्थीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम शुरु हुनु अगाडी क्याम्पसको नवनिर्मित विज्ञान भवनमा आयोजित औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा वरिष्ठ साहित्यकार सह प्राध्यापक बालकृष्ण भट्टराइले जसरी रगतको सञ्चारले मानवलाई जीवित बनाइ राख्दछ त्यसरी नै साहित्यले समाजलाई जीवित राखिराख्न अहम् भूमीका खेल्ने गर्दछ । त्यसैले साहित्यीक संस्थाद्धारा आयोजित यो कार्यक्रम उदाहरणीय छ भन्दै साहित्यवीनाको समाज रगत विनाको जीवन जस्तै हुनेहुदा सबैले रक्तदान जीवनदान जस्तो महान कार्यमा सरिक हुन आहावन गर्नुभयो ।
कर्यक्रममा विशिष्ट अतिथी क्याम्पसका निमित्त क्याम्स प्रमुख केशवलाल श्रेष्ठले क्याम्पसभीत्रको साहित्यीक संस्थाले यस्तो मानवीय कार्य गरेकोमा प्रशंसा गर्दै संस्थाको सराहना गर्नुभयो ।
क्याम्पस विद्यार्थी कल्याण प्रमुख केशव शर्मा बेलबासेले विद्यार्थीहरुको अतिरीक्त कृयाकलापमा सधै अग्रसर हुने साहित्यीक संस्था कोसेलीले रक्तदान कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाले क्याम्पस भित्र विद्यार्थीको हितमा हुने हरेक रचनात्मक कृयाकलापलाई आफु र आफ्नो विभागले सधै सहयोग गर्ने पनि बताउनु भयो ।
स्ववियु सचिव चक्र बहादुर थापाले रगतको अभावमा मान्छेहरुले जीवन गुमाइरहेको वर्तमान परिवेशमा कोसेलीले यस्तो महान कार्य गरेकोमा प्रसंसा गर्नुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष शशी पन्थिले साहित्यीक संस्थाले समयअनुकुल समाजको हितको लागी साहित्यीक जगतको संरक्षण, सम्बद्र्धन तथ नवोदित साहित्यकारको उत्थान गर्नुको साथै जीवन र जगत संग प्रत्यक्ष जोडिएको मानवीय जीवनको सहयोग हेतु रक्तदान पनि गरेको बताए ।
कार्यक्रममा कोसेलीका संस्थापक सदस्य नरेश के सी, शीक्षकहरु क्रृषीकेश ज्ञवाली, बाबुराम भण्डारी, कृष्ण बस्याल, सासको अध्यक्ष अन्जली गुरुंग, रक्तदान कार्यक्रमका संयोजक रिता खनाल, संस्थाका सचिव रोमन सिंह रिसाल, सह सचिव प्रकाश न्यौपाने, सदस्य माधव न्यौपाने, कोषाध्यक्ष उषा ज्ञवाली लगायत दर्जनौ विद्यार्थीको उपस्थिीति रहेको थियो ।
रक्तदानमा स्ववियुका पदाधिकारी, विद्यार्थीहरु सहभागीता रहेको थियो । रक्तदाताहरुलाई प्रमुख अतिथी भटटराइ, विद्यार्थी कल्याण प्रमुख बेलबासे,अध्यक्ष पन्थिले प्रमाणपत्र प्रदान गरेका थिए ।
