जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुक्रबारदेखि बुटवलमा शुरु हुदैछ
बुटवल,२५ असोज । रुपन्देही पुल तथा स्नुकर संघ रुपन्देहीको आयोजनामा आज शुक्रबारदेखि बुटवलमा प्रथम जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु हुदैछ ।
बुटवल श्रवणपथस्थित क्लब थर्टिनको हलमा तीन दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका पचास जना भन्दा बढी खेलाडीले भाग लिने बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिए । स्नुकर खेल र खेलाडीको विकासका साथै उत्कृष्ट खेलाडी उत्पादन गरी राष्टिूय तथा अन्तरराष्टिूय स्तरसम्म पुराउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा प्रथमलाई १५ हजार,दोस्रोलाई ८ हजार र उच्च अंक ल्याउने उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयां नगद पुरस्कार प्रदान गरिने संघका अध्यक्ष हरि क्षत्रीले बताए । स्नुकर खेल र खेलाडीलाई प्रहरी प्रशासनले नकारात्मक दृष्टिले मात्रै हेर्ने गरेको सन्दर्भमा यो खेलप्रति सकारात्मक धारणा विकास गराउन पनि प्रतियोगिता सहयोगी हुने अध्यक्ष क्षत्रीले बताए । संघका सचिव सुजन पुनको संचालनमा भएको पत्रकार सम्मेलनमा क्लबका प्रथम उपाध्यक्ष सुरज मकाजु,द्वितीय उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ,सहसचिव विरेन शाक्य,संघका प्रेस सल्लाहकार टी.आर. शर्मा लगायतले आआफ्ना धारणा राखेका थिए ।
