छोटी भन्सार कार्यालयहरु संचालनमा नआउदा चोरी तस्करी बढ्यो
किरण मान बज्राचार्य,कपिलवस्तु, २५ असोज, भौतिक पूर्बाधार र असुरक्षाका कारण कपिलवस्तुका छोटी भन्सार कार्यालयहरु बर्षौ देखि संचालन हुन सकेका छैनन् । माआवादी जनयुद्धकालीन समयमा बिस्तापित छोटी भन्सार कार्यालयहरु हालसम्म पुर्नस्थापना नगरिदा चोरी तस्करी बढदै गएको छ । चाडबाड नजिकिदै जादा तस्कहरु ती भन्सार नाकाबाट सामान ल्याउन झनै सक्रिय भएकबा छन् ।
यी भन्सार कार्यालयहरु संचालनमा नआउदा दैनिक लाखौं रुपियाको समान भन्सार छलेर चोरी पैठारी भईरहेको छ । मूख्य भन्सार नाका कृष्णनगर र छोटी भन्सार नाका मर्जातपुर बाहेक १० छोटी भन्सार नाका संचालनमा छैनन् । माओबादी द्वन्द्वका बेला १० बर्ष अघि बिस्थापित यी छोटी भन्सार नाकाहरु भौतिक पूर्बाधार । बिस्थातिप यी भन्सार नाकाहरुलाई पुर्नस्थापना नगरीदा सरकारलाई लाखौ रुपैया राजस्व घाटा भईरहेको छ । बर्षो देखि ती नाकाहरुबाट एक रुपैया पनि राजस्व नउठेको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।
यी नाकाहरुबाट दैनिक लाखौ रुपैयाको चोरी निकासी र पैठारी भईरहेको छ । यसै नाकाबाट तस्करहरुले साईकल तथा मोटरसाईकलबाट दिनहु भारतबाट अबैधरुपमा मालसामान जिल्लामा भित्राउने गरेका छन् । सीमा क्षेत्रमा रहेका प्रहरीहरुलाई आर्थिक प्रलोभनमा पारेर ती नाकाबाट तस्करी हुने गरेको स्रोतको भनाई छ । उनका अनुसार कुखुराका चल्ला, चामल,खाध,चिनी, नून लगायतका दैनिक उपभोग्य सामान देखि ईलेक्ट्रोनि सामान यही नाका बाट गैर कानूनी रुपमा खुलेयाम भित्रिरहेका छन् । ‘ तर प्रहरी प्रशासनले छोटी भन्सार पुर्नस्थापनाका लागि कुनै पहल गदैन । ’ सीमावर्ती क्षेत्रका बासीन्दा भन्छन् ।
अहिले जिल्लाको रंगपुर, भिल्मी, हथिहवको शिबलवा दोहनी र गेठुवाजोर, चाकलचौडा, हर्दौना, कोटिया बढनी र खुरुहुरिया लगायतका १० छोटी भन्सार कार्यालय संचालनमा छैनन् । भन्सार कार्यालयमा मात्र संचालनमा हैन, ती नाकामा कर्मचारी बिहिन पनि छन् । यी नाकाहरुबाट तस्करलाई काम गर्न सजिलो भएको छ । तस्करहरुले यी नाकाहरुबाट कुखुराका चल्ला, रागां, ईलेक्ट्रिक तथा ईलेक्ट्रोनिक्सका समान, कपडा, तयारी पोशाक, पान तथा सूतिजन्य पदार्थ र मोटर पाटर्स लगायतका साम्रगी भित्रयाउने गर्दछन् । त्यस्तै तस्करहरुले सिमेन्ट, , तेल लगायतका समानहरु पनि सजिलै भित्रयाउने गरेका छन् । सीमा नाकाहरुमा सशस्त्र र नेपाल प्रहरी भए पनि आखिर किन चोरी तस्करी बन्द हुदैन स्थानीयबासी प्रश्न गर्छन । यता पूर्बाधार, असुरक्षा र जनशक्तिको अभाब कार्यालयले चाहेर पनि भन्सार नाकाहरु पुन:स्थापित गर्न नसकेको कृष्णनगर भन्सार कार्यालयको भनाई छ । बिस्थापित भन्सारहरु पुर्नस्थापना नहुदा राजस्व घाटा लागेको छ नै तस्करहरुलाई खुला सीमाको कारण तस्करी गर्न सजिलो भन्जार कर्मचारीहरु बताउछन् ।
यता जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सुरेश बस्नतले सीमा नाकाहरु प्रहरी ईकाई स्थापना भई सकेकाले सुरक्षाको कुनै समस्या नभएको बताए । उनले छोटी भन्सार कार्यालय निर्माण भए आफूहरु सुरक्षा दिन तयार भएको पनि बताए । जिल्लामा अहिले तस्करी घटेको प्रहरीले दाबी गरेको छ ।
